Christian Dance | मैले परमेश्वरलाई पछ्याउने सङ्कल्प गरेको छु | Praise Song
25 मे 2025
१
मैले यो क्षणसम्म परमेश्वरमा विश्वास गरेको छु
र मैले अन्ततः ज्योति देखेको छु।
यो सतावट र सङ्कष्टहरूको उतारचढावपूर्ण बाटो रह्यो।
सधैँ भागिरहनु पीडादायी हुन्छ, मसँग शिर अडाउने ठाउँ छैन।
मैले सुत्न नसकेर, अत्यन्तै धेरै रातहरू प्रार्थनामा बिताएको छु।
सांसारिक मानिसहरूले मलाई त्यागेका छन्; मेरा प्रियजनहरू मदेखि टाढै बस्छन्।
तितो र मीठो हुँदै, मैले आँसुको नदी बगाएको छु।
स्वतन्त्रता नाममा मात्र छ। मानव अधिकार कहाँ छन्?
म शैतानलाई पूर्णतः घृणा गर्छु र ख्रीष्टले सत्ता लिनुहोस् भन्ने तृष्णा गर्छु।
यो संसारको अन्धकार र दुष्टले मलाई जीवनको ज्योति खोज्न अझ प्रेरित गर्दैछ।
ख्रीष्ट सत्य, मार्ग र जीवन हुनुहुन्छ,
र मैले उहाँलाई अन्त्यसम्मै पछ्याउने सङ्कल्प गरेको छु!
२
परमेश्वरले गोठालाहरूलाई प्रहार गर्नुभयो, र हामी ठूला सङ्कष्ट अनुभव गर्छौँ।
काला बादलहरू छाउँछन्, र हावामा निकै आतङ्क छ।
कैयौँ पटक म बाघको गुफामा परेँ र मृत्युको मुखबाट उम्किएँ।
परमेश्वरको वचनले मलाई सान्त्वना दिए, मेरो हृदयलाई बल दिए।
धेरै यातना भोगेपछि, म परमेश्वरको प्रेमिलो स्वभाव गहिरो रूपमा चिन्छु।
परमेश्वर सबैमाथि सार्वभौम हुनुहुन्छ, तर मानिसको आस्था दयनीय छ।
अग्नि परीक्षाहरूबाट मानिसहरूले धेरै लाभ पाउँछन्।
म शैतानलाई छर्लङ्ग देख्छु र ठूलो रातो अजिङ्गरलाई अझ बढी घृणा गर्दछु!
ठूलो रातो अजिङ्गर, नीच र निर्दयी छ,
र त्यसले अनगन्ती प्राणहरूलाई भ्रष्ट तुल्याएको र निलेको छ।
सत्यता र जीवन प्राप्त गर्नु सजिलो छैन;
मैले परमेश्वरलाई अझै बढी प्रेम गर्नैपर्छ र उहाँको हृदयलाई अझ बढी सान्त्वना दिनैपर्छ!
३
जब म परमेश्वरको काम सम्झन्छु, उहाँ कति दयालु हुनुहुन्छ भनी गहन रूपमा महसुस गर्छु।
उहाँको न्याय स्विकारेर मैले स्वभाव परिवर्तन अनुभव गरेको छु।
सजाय र शोधनका कठिनाइहरूले परमेश्वरको अझ गहिरो ज्ञान ल्याउँछन्।
म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न सक्छु भन्ने कुरा साँच्चै सम्मानको कुरा हो।
घोषणा गर्दा र परमेश्वरको गवाही दिँदा मेरो हृदयले सान्त्वना पाउँछ।
कठिनाइ भए पनि, बफादारीपूर्वक मेरो कर्तव्य पूरा गर्दा, त्यसले मलाई हर्ष दिन्छ।
जीवन छोटो छ, र परमेश्वरलाई प्रेम गर्नु सबैभन्दा ठूलो हर्षको कुरा हो।
अहिले म परमेश्वरको सेवा गर्न सक्षम भएकोले, मेरो हृदय सन्तुष्ट छ!
सर्वशक्तिमान् परमेश्वरले मलाई मुक्ति दिनुभएको छ, र मलाई साँचो जीवन दिनुभएको छ।
मेरो दीर्घकालिक तृष्णा साकार भएको छ, र म भोलितर्फ लागिपर्छु!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू