Nepali Sermon Series | Seeking True Faith: प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको छ, त्यसोभए आखिरी दिनहरूमा आउनुहुँदा उहाँले किन न्यायको काम गर्नुहुन्छ?

26 डिसेम्बर 2021

२,००० वर्ष पहिले, पापबलि बनेर आफ्‍नो छुटकाराको काम पूरा गर्दै देहधारी प्रभु येशू मानवजातिलाई पापबाट छुटकारा दिन क्रूसमा टाँगिनुभयो। प्रभुमा का विश्‍वासी गर्नेहरू सबैले के विचार गर्छन् भने, तिनीहरूका पाप क्षमा गरिएका हुनाले, तिनीहरूलाई प्रभुले उप्रान्त पापीहरूका रूपमा हेर्नुहुन्‍न र जब उहाँ फर्कनुहुनेछ, तब तिनीहरूलाई सीधै स्वर्गको राज्यमा लगिनेछ। त्यसकारण, मानिसहरू अचानक स्वर्गमा उठाइ लगिने र प्रभुलाई भेट्ने दिनको प्रतीक्षा गर्दै निरन्तर आकाशतिर नियालिरहेका हुन्छन्। तर तिनीहरूलाई छक्‍क पार्ने कुरा के हो भने, तिनीहरूको आँखा अगाडि विपत्तिहरू आइरहेको देख्दा, तिनीहरूले अझै पनि प्रभु येशू बादलमा ओर्लनुभएको देखेका छैनन्। बरु त्यसको सट्टा, पूर्वीय ज्योतिले मात्रै प्रभु पहिले नै फर्केर आइसक्‍नुभएको छ, उहाँ देहमा आउनुभएका सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनी निरन्तर गवाही दिइरहेको छ र उहाँले सत्यताहरू व्यक्त गरिरहनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ र उहाँले पहिले नै विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ भनेर निरन्तर साक्षी दिइरहेको छ। यो, मानिसहरूको धारणा र कल्‍पनाहरूभन्दा पूर्ण विपरीत छ। यही कारणले गर्दा धेरै मानिसहरूले यस्तो प्रश्‍न गरिरहेका छन्: प्रभु येशूले पहिले नै मानवजातिलाई छुटकारा दिइसक्‍नुभएको छ र उहाँको महान् काम पूरा भइसकेको छ। परमेश्‍वरले किन आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ? हामी साँचो विश्‍वासको खोजीको आजको प्रकरणमा सत्यता खोजौं र सँगै मिलेर उत्तरहरू पत्ता लगाऊँ।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्