Nepali Christian Song | जब मानवजाति विश्राममा प्रवेश गरेको हुन्छ

7 अक्टोबर 2026

१

मानवजाति विश्राममा प्रवेश गरेपछि, दुष्कर्मीहरू नष्ट पारिएका हुनेछन् र सबै मानवजाति सही मार्गमा हुनेछ; सबै किसिमका मानिसहरू उनीहरूले गर्नुपर्ने कार्यका आधारमा उनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछन्। यो मात्र मानवजातिको विश्रामको दिन हुनेछ, यो मात्र मानवजातिको विकासको निम्ति अपरिहार्य प्रवृत्ति हुनेछ। जब मानवजाति विश्राममा प्रवेश गर्छ अनि मात्र परमेश्‍वरको महान्‌ कामले अन्ततः पूर्णता पाउनेछ; यो उहाँको कामको अन्तिम भाग हुनेछ। यस कामले सारा मानवजातिको देहको पतनशील जीवन साथै भ्रष्ट मानवजातिको जीवनलाई अन्त्य गर्नेछ। त्यसपश्चात्, मानवजाति नयाँ क्षेत्रमा प्रवेश गर्नेछ।

२

हुन त सबै मानव देहमा नै जिउनेछन्, तर यस जीवनको सार भ्रष्ट मानवजातिको जीवनको सारभन्दा उल्लेखनीय रूपमा फरक हुनेछ। यस अस्तित्वको महत्त्व पनि भ्रष्ट मानवजातिको अस्तित्वको महत्त्वभन्दा फरक हुनेछ। हुन त यो नयाँ किसिमको व्यक्तिको जीवन हुनेछैन, तर पनि यसलाई मुक्ति प्राप्‍त गरेको मानवजातिको जीवन साथै मानवता र समझ पुनर्प्राप्‍त गरिएको मानवजातिको जीवन भन्न सकिन्छ। यी तिनै मानिस हुनेछन् जो कुनै समय परमेश्‍वरविरुद्ध विद्रोही थिए, जसलाई परमेश्‍वरले विजय गर्नुभयो र त्यसपछि उहाँले मुक्ति दिनुभयो; यी तिनै मानिस हुनेछन् जसले परमेश्‍वरको बेइज्जत गरे र पछि उहाँको गवाही दिए। उहाँको परीक्षा भोगेर बाँकी रहेपछि, तिनीहरूको अस्तित्व सबैभन्दा अर्थपूर्ण अस्तित्व हुनेछ; तिनीहरू शैतानसामु परमेश्‍वरको गवाही दिएका मानिस र जिउन योग्य मानव हुनेछन्।

३

पूर्ण रूपमा असफल भएपछि शैतानले मानवजातिलाई फेरि कहिल्यै पनि बाधा दिनेछैन त्यसैले त्यसउप्रान्त मानवजातिमा शैतानी भ्रष्ट स्वभाव हुनेछैन। ती विद्रोही मानिसहरू पहिले नै नष्ट पारिएका हुनेछन्, र समर्पित हुने मानिसहरू मात्रै बाँच्नेछन्। यसरी, अति थोरै परिवार मात्र जस्ताका तस्तै बाँचिरहनेछन्, त्यसकारण दैहिक सम्बन्धहरू कसरी रहिरहन सक्छन्? मानवजातिको अघिल्लो दैहिक जीवनलाई पूर्ण रूपमा अन्त्य गरिनेछ। शैतानी भ्रष्ट स्वभावहरूविना, मानव जीवन अब विगतको पुरानो जीवन हुनेछैन, बरु नयाँ जीवन हुनेछ। हाल मानिसहरूका बीचमा दैहिक सम्बन्धहरू रहेका छन्, तर सबै जना विश्राममा प्रवेश गरेपछि, ती रहनेछैनन्। यस प्रकारको मानवजातिमा मात्र धार्मिकता र पवित्रता हुनेछ; यस प्रकारको मानवजातिले मात्र परमेश्‍वरको आराधना गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्