Christian Dance | सत्यता प्राप्त गर्न, हामी ख्रीष्टलाई पछ्याउँछौँ | Praise Song
30 मे 2025
१
मानिसको पुत्र देहधारी परमेश्वर हुनुहुन्छ,
उहाँ मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ र काम गर्नुहुन्छ।
सत्यताका निम्ति तिर्खाउनेहरूले परमेश्वरको आवाज सुन्छन्
र उहाँको सिंहासनसामु माथि उचालिन्छन्।
तिनीहरू परमेश्वरको वचनको आनन्द लिन्छन् र परमेश्वरसँग आमनेसामने हुन्छन्;
सत्यता बुझ्नु साँच्चै कत्ति मीठो कुरा हो।
परमेश्वरका चुनिएका मानिसहरू स्वर्गको राज्यको भोजमा सहभागी हुन्छन्
र परमेश्वरसामु जिउँदा, तिनीहरू अतुलनीय रूपमा हर्षित हुन्छन्।
आज हामी आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउन पाउँदा भाग्यमानी छौँ;
हामी साँच्चै कत्ति आशिषित छौँ!
हामी हाम्रा निष्कपट हृदयहरू अर्पण गर्छौँ र हामीसँग भएको सबै समर्पित गर्छौँ,
परमेश्वरलाई सन्तुष्ट पार्न सबै कुरा त्याग गर्छौँ।
परमेश्वरलाई प्रेम गर्न खोज्नका लागि हामीले सत्यता अभ्यास गर्नैपर्छ,
हाम्रा कर्तव्यहरू राम्ररी पूरा गर्नैपर्छ, र परमेश्वरको हृदयको ख्याल राख्नैपर्छ।
हामी सत्यता वास्तविकताहरूमा प्रवेश गर्नैपर्छ र मानव रूपमा जिउनैपर्छ,
त्यसरी हामीले परमेश्वरका प्रेम र आशिष्हरू प्राप्त गर्छौँ।
२
सर्वशक्तिमान् परमेश्वरले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ
र मानिसलाई अनन्त जीवनको मार्ग प्रदान गर्नुहुन्छ।
उहाँको हरेक वचन सत्यता र जीवन हो, जीवनका लागि बहुमूल्य आदर्श-वाक्य हो।
परमेश्वरको वचन पढेर हामी जीवनका रहस्यहरू बुझ्छौँ
र यो संसारको अन्धकारको जडलाई छर्लङ्ग देख्छौँ।
परीक्षा र सङ्कष्टहरू अनुभव गरेर, हाम्रो आस्था अझ बलियो हुन्छ;
हामी ख्रीष्टलाई पछ्याउन र सत्यता प्राप्त गर्न दृढ सङ्कल्पित छौँ।
केवल परमेश्वरको वचनले मानिसहरूलाई पखाल्न र मुक्ति दिन सक्छ,
र न्याय अनुभव गरेर हामी शुद्ध पारिन्छौँ।
हामी सत्यता बुझ्छौँ र परमेश्वरको प्रेमिलो स्वभाव देख्छौँ,
र हामी परमेश्वरलाई प्रेम गर्ने खोजी गर्छौँ र ज्योतिका मार्गमा हिँड्छौँ।
हामी परमेश्वरका निम्ति हाम्रो पूरै जीवन समर्पित गर्नेछौँ र मृत्युसम्मै उहाँप्रति बफादार रहनेछौँ,
उहाँसँग एउटै हृदयको हुनेछौँ, र उहाँको विश्वासपात्र बन्नेछौँ।
हामी सत्यता र जीवन प्राप्त गर्ने र परमेश्वरद्वारा सिद्ध पारिने चाहना गर्छौँ;
हामी सदासर्वदा परमेश्वरलाई प्रेम गर्नेछौँ र सदासर्वदा उहाँको गवाही दिनेछौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू