Nepali Christian Song | गुमाएको समय फेरि कहिल्यै आउँदैन
2 जुलाई 2026
१
दाजु-भाइ हो, ब्यूँझ! दिदी-बहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि समय आफ्नो हातमा लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, अध्ययन गरेर तिमीहरूले जति पटक मन लाग्यो त्यति पटक परीक्षा दिन सक्छौ। तर, मेरो दिनले थप ढिलाइ सहनेछैन। याद राख! म तिमीहरूलाई यी असल वचनहरूद्वारा आग्रह गर्छु। तिमीहरूकै आँखाको अघि संसारको अन्त्य हुन्छ, अनि ठूला विपत्तिहरू तीव्र गतिमा नजिक आउँछन्। कुनचाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको भोजन र पेय पदार्थ र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने बेला आएको छ।
२
कति दयनीय! कति दरिद्र! कति अन्धो! मानवजाति कति निर्दयी छ! वास्तवमा, तिमीहरूले मेरो वचनका निम्ति कान थुन्छौ—के म तिमीहरूसँग व्यर्थमा बोलिरहेको छु? तिमीहरू अझै पनि अति अल्छे छौ—किन? किन त्यसो भयो? के तिमीहरूमा कहिल्यै यस्तो विचार आएन? म कसका लागि यी कुराहरू भन्छु? ममा विश्वास गर! म तिमीहरूको मुक्तिदाता र सर्वशक्तिमान् जन हुँ! जागा रहो! जागा रहो! जागा रहो! गएको समय फेरि कहिल्यै फर्केर आउँदैन—यो कुरालाई याद राख! पछुतोलाई निको पार्ने औषधि संसारमा कहीँ छैन! त्यसकारण, मैले तिमीहरूसँग कसरी बोल्नुपर्छ? के मेरो वचन तिमीहरूका लागि होसियारीपूर्ण र बारम्बार विचार गरिन योग्य छैन?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३०
अन्य प्रकारका भिडियोहरू