परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १४

26 जुन 2022

पवित्र आत्माको कामको हरेक चरणलाई पनि मानिसको गवाहीको आवश्यकता पर्छ। कार्यको हरेक चरण परमेश्‍वर र शैतानबीचको युद्ध हो र युद्धको निशाना शैतान हो, जबकि यस कार्यद्वारा सिद्ध पारिने मानिस नै हो। परमेश्‍वरको कार्यले फल फलाउँछ कि फलाउँदैन भन्‍ने कुरा मानिसले परमेश्‍वरको निम्ति दिने गवाहीको तरिकामा भर पर्छ। उहाँलाई पछ्याउनेहरूबाट परमेश्‍वरले यही गवाहीको माग गर्नुहुन्छ; यो शैतानको सामु दिइने गवाही हो र उहाँको कार्यको प्रभावहरूको प्रमाण पनि हो। परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन् र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै, युगहरू बितेर जाने र अघि बढ्ने क्रममा, सारा मानवजातिको निम्ति परमेश्‍वरको मागहरू झन्-झन् उच्‍च हुँदै जान्छन्। यस प्रकारले, चरणबद्ध रूपमा, परमेश्‍वरको व्यवस्थापनको यो कार्य यसको शिखरमा पुग्छ, तब मानिसले “वचन शरीरमा देखा पर्नुभएको” तथ्यलाई देख्छ र यसरी गवाही दिनेसम्‍बन्धी मानिसका मागहरू जस्तै, मानिसका मागहरू पनि अझै उच्‍च बन्छ। परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्न मानिस जति सक्षम हुन्छ, परमेश्‍वरले त्यति नै महिमा प्राप्त गर्नुहुन्छ। मानिसको सहकार्य भनेको उसले दिनुपर्ने गवाही हो र उसले दिने गवाही मानिसको अभ्यास हो। त्यसकारण, परमेश्‍वरको कार्यले पर्याप्त प्रभाव पार्छ कि पार्दैन र यो साँचो गवाही हुन सक्छ कि सक्दैन भन्‍ने कुरा अपरिहार्य रूपमा नै मानिसको सहकार्य र गवाहीसँग जोडिएका हुन्छन्। जब काम समाप्‍त हुन्छ, भन्‍नुको अर्थ जब परमेश्‍वरको सबै व्यवस्थापन यसको समाप्तिमा पुग्छ, मानिसले उच्‍च गवाही दिनु आवश्यक हुनेछ र जब परमेश्‍वरको कार्य यसको समाप्तिमा पुग्छ, मानिसको अभ्यास र प्रवेश यसको शीर्ष विन्दुमा पुग्‍नेछ। विगतमा, मानिसले व्यवस्था र आज्ञाहरू पालन गर्नुपर्थ्यो र ऊ धैर्य र नम्र हुनुपर्थ्यो। आज, मानिसले परमेश्‍वरका सारा प्रबन्धहरूलाई पालन गर्नुपर्छ र उसँग परमेश्‍वरको सर्वोच्‍च प्रेम हुनुपर्छ र अन्तिममा संकष्टको बीचमा पनि उसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ। यिनीहरू परमेश्‍वरले आफ्‍नो सम्पूर्ण व्यवस्थापनमा चरणबद्ध रूपमा मानिसलाई दिनुहुने मागहरूका तीनवटा चरणहरू हुन्। परमेश्‍वरको कार्यको हरेक चरण पछिल्‍लोभन्दा अझै गहन हुन्छ र हरेक चरणमा मानिसलाई दिइने मागहरू पछिल्‍लोभन्दा अझै गहन हुन्छ र यसरी, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनले आकार लिँदै जान्छ। मानिसलाई दिइएका मागहरू अझै उच्‍च छन् भन्‍ने ठीक त्यही कारणले मानिसको स्वभाव परमेश्‍वरले माग गर्नुभएका मापदण्डहरूको नजिक आउँछ, त्यसपछि मात्रै सारा मानवजाति शैतानको प्रभावबाट तबसम्‍म क्रमिक रूपमा टाढा हुन्छ, जबसम्‍म परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुँदैन र सारा मानवजाति शैतानको प्रभावबाट बचाइएको हुँदैन। जब त्यो समय आउँछ, तब परमेश्‍वरको काम यसको अन्त्यमा पुगेको हुनेछ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्नको लागि त्यसउप्रान्त परमेश्‍वरसँगको मानिसको सहकार्य हुनेछैन र सारा मानवजाति परमेश्‍वरको ज्योतिमा जिउनेछ र त्यसपछि, परमेश्‍वरविरुद्ध कुनै विद्रोह वा विरोध हुनेछैन। परमेश्‍वरले मानिसबाट मागहरू पनि गर्नुहुनेछैन र मानिस र परमेश्‍वरको बीचमा अझै मैत्रीपूर्ण सहकार्य हुनेछ, जुन एकसाथ मानिस र परमेश्‍वरको जीवन अर्थात् परमेश्‍वरको व्यवस्थापन पूर्ण रूपमा समाप्त भएपछि र शैतानका पकडहरूबाट परमेश्‍वरद्वारा मानिसलाई पूर्ण रूपमा बचाइएपछिको जीवन हुनेछ। परमेश्‍वरका पाइलाहरूलाई नजिकबाट पछ्याउन नसक्‍नेहरू त्यस्तो जीवन प्राप्त गर्न असमर्थ हुन्छन्। तिनीहरूले आफैलाई अन्धकारमा खसाएका हुनेछन्, जहाँ तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई नपछ्याउने, परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँका सबै कार्यलाई पालन नगर्ने मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्