परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २४

8 डिसेम्बर 2021

यहोवाको कामपछि, येशू मानिसहरूको माझमा आफ्‍नो काम गर्न देह बन्नुभयो। उहाँको काम एकलै गरिएको थिएन, तर यहोवाको कामको जगमाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगको निम्ति गरिएको काम थियो जुन परमेश्‍वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्‍वर अर्को युगको लागि आफ्नो काम गर्न अघि बढ्नुभयो, किनकि परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्य सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिने नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्‍वरले कामको नयाँ चरण थाल्नुहुन्छ, तब सधैँ नयाँ सुरुआत हुनु पर्दछ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसले जसरी उहाँको विरोध गरे पनि, परमेश्‍वरले सधैँ आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक तिनीहरूले व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग सुरु गर्नुभयो

पद १

जब येशू मानिसको संसारमा आउनुभयो, व्यवस्थाको युग समाप्त गर्नुभयो र अनुग्रहको युग सुरु गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देहधारी हुनुभयो, अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग सुरु गर्नुभयो।

पूर्व कोरस १

उहाँको दोस्रो देहधारण स्वीकार गर्नेहरूलाई राज्यको युगतिर लगिनेछ र उहाँको मार्गदर्शन स्वीकार्न सक्छन्।

कोरस

मानिसको पाप क्षमा गरीएपछि, उसलाई नयाँ युगतिर डोऱ्याउन उहाँ देहमा फर्कनुभयो। मानिसलाई नयाँ क्षेत्रमा ल्याउन उहाँले न्यायको काम सुरु गर्नुभयो। समर्पित हुनेहरू साँच्चै ज्योतिमा बाँचि उच्च सत्यको आनन्द लिन्छन् र ठूला आशिष प्राप्त गर्नेछन् र पाउनेछन् सत्य, मार्ग र जीवन।

पद २

येशूले मानिस माझ धेरै काम गर्नुभयो। तर सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो। मानिसको पापको बलि बन्नुभयो, तैपनि मुक्त गर्नुभएन तिनलाई सबै भ्रष्ट स्वभाव र भ्रष्टताबाट।

पूर्व कोरस २

शैतानबाट मुक्ति दिन येशूले मानिसको पाप बोक्नुपर्यो, उसलाई शैतानको भ्रष्टताबाट मुक्त गर्न परमेश्‍वरले ठूलो काम गर्नुपर्ने छ।

कोरस

मानिसको पाप क्षमा गरीएपछि, उसलाई नयाँ युगतिर डोऱ्याउन उहाँ देहमा फर्कनुभयो। मानिसलाई नयाँ क्षेत्रमा ल्याउन उहाँले न्यायको काम सुरु गर्नुभयो। समर्पित हुनेहरू साँच्चै ज्योतिमा बाँचि उच्च सत्यको आनन्द लिन्छन् र ठूला आशिष प्राप्त गर्नेछन् र पाउनेछन् सत्य, मार्ग र जीवन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रस्तावना” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्