Nepali Christian Movie Trailer | इमानदारीतामा सूर्य कहिल्यै अस्ताउँदैन
1 मे 2024
वांग शिन्यु र उनका श्रीमान एउटा कपडा पसल चलाउँछन्, र सुरुमा तिनीहरूले आफ्नो पसल इमानदारी र विवेककासाथ सञ्चालन गर्ने प्रयास गरे पनि, तिनीहरूले धेरै पैसा कमाउँदैनन्, अनि तिनीहरूको जीवन निकै कठिन हुन्छ। तर जब तिनीहरूले व्यापार गर्न झूट र छलमा भर पर्ने आफ्ना साथीहरूले गाडी र घर किनेको अनि विलासी जीवन जिएको देख्छन्, तब तिनीहरूले आफूहरू पछि पर्न नचाहने निर्णय गर्छन्। आफ्ना साथीहरूद्वारा निर्देशित भएर, तिनीहरूले सामाजिक प्रचलन पछ्याउँछन् अनि झूट र ठगीसाथ व्यापार गर्न थाल्छन्। केही वर्षपछि, तिनीहरूले केही पैसा कमाए पनि तिनीहरूको विवेक प्राय: असहज हुन्छ र तिनीहरूलाई हृदयमा खोक्रो महसुस हुन्छ। त्यसपछि तिनीहरूले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार स्विकार्छन्, परमेश्वरका वचन पढ्छन्, जसद्वारा तिनीहरूले परमेश्वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ भन्ने कुरा पत्ता लगाउँछन् अनि इमानदार मानिसहरूले परमेश्वरका आशिषहरू प्राप्त गर्छन् भन्ने कुरा थाहा पाउँछन्। तर, तिनीहरूले संसारमा भएको दुष्टता र अन्धकार पनि देख्छन् अनि तिनीहरू आफूले इमानदारीतासाथ व्यापार गरेर पैसा कमाउन सक्नेछैनन्, र पैसा गुमाउने जोखिम समेत हुनेछ भन्ने चिन्ता गर्छन्, तर यदि तिनीहरूले ग्राहकहरूलाई छल्न झूट र छल प्रयोग गर्न जारी राखे भने, त्यसका लागि परमेश्वरले तिनीहरूलाई घृणा गर्नुहुनेछ भन्ने जान्दछन्…। धेरै सङ्घर्ष र असफलतापछि, तिनीहरू अन्तत: परमेश्वरका वचनहरूअनुसार इमानदार मानिस बन्ने छनोट गर्छन्, र परमेश्वरका आशिषहरू प्राप्त गर्दा चकित हुन्छन्। तिनीहरूको व्यापार फस्टाउने मात्र होइन, तिनीहरूले इमानदार मानिस बन्नुको शान्ति र सुरक्षाको पनि आनन्द उठाउँछन्।
अन्य प्रकारका भिडियोहरू