Nepali Christian Testimony Video 2022 | ठूलो सेतो सिंहासनको न्याय सुरु भएको छ
22 सेप्टेम्बर 2022
मुख्य पात्र जियाङ्ग मेङ्ग्छी एक भक्त इसाई हुन्छिन्। उनले अनलाइनमा गएर आखिरी दिनहरूमा हुने न्याय सम्बन्धी धेरै वटा भिडियोहरू हेर्छिन् र प्रभुको पुनरागमन हुँदा, उहाँ सबै जाति र मानिसहरूलाई न्याय गर्न, र मानिसहरूको अन्त्य निर्धारण गर्न ठूलो सेतो सिंहासनमा बस्नुहुनेछ भन्ने विश्वास गर्न थाल्छिन्। एक दिन, उनको श्रीमानले उनलाई प्रभु न्यायको काम गर्न देह धारण गरी पृथ्वीमा फर्केर आइसक्नुभएको छ भनेर बताउँछन्। यसले उनलाई निकै अन्योलमा पार्छ, तर सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर, उनले मानिसको पापी प्रकृतिलाई उखालेर फ्याँक्न र एक पटक सधैँको लागि मानिसलाई शुद्ध पार्न र मुक्ति दिनको लागि सत्यता व्यक्त गरेर परमेश्वरले आफ्नो आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ भन्ने कुरा बुझ्छिन्। उनले परमेश्वरले अन्तिममा हरेकलाई उसको प्रकार अनुसार अलग गर्नुहुनेछ, र ठूलो सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुरा थाहा पाउँछिन्। यसको बारेमा थप अध्ययन गरेपछि, मेङ्ग्छीले परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छिन् र प्रभुको पुनरागमनलाई स्वागत गर्छिन्।
अन्य प्रकारका भिडियोहरू