परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १२१

15 जुन 2022

मानिसलाई शैतानले भ्रष्ट तुल्याएको छ र ऊ परमेश्‍वरका प्राणीहरूमध्ये सबैभन्दा उच्च छ, त्यसकारण मानिसलाई परमेश्‍वरको मुक्तिको खाँचो छ। परमेश्‍वरको मुक्तिको पात्र मानिस नै हो, शैतान होइन र मुक्त गरिने भनेको मानिसको देह र मानिसको प्राण नै हो, दियाबलस होइन। शैतान परमेश्‍वरको विनाशको पात्र हो, मानिस परमेश्‍वरको मुक्तिको पात्र हो र मानिसको देहलाई शैतानले भ्रष्ट तुल्याएको छ, त्यसकारण सुरुमा मुक्त गरिने मानिसको देह नै हुनुपर्छ। मानिसको देहलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएको छ र यो परमेश्‍वरलाई विरोध गर्ने कुरा बनेको छ, यति हदसम्म कि यसले खुलेआम परमेश्‍वरको अस्तित्वको विरोध र इन्कार गर्छ। यो भ्रष्ट देह अत्यन्तै हठी छ र देहको भ्रष्ट स्वभावलाई निराकरण गर्न वा परिवर्तन गर्न जत्तिको कठिन अरू केही छैन। बाधाहरू पैदा गर्नको लागि शैतान मानिसको देहमा आउँछ र परमेश्‍वरको काममा बाधा ल्याउन र परमेश्‍वरको योजनामा हानि गर्न यसले मानिसको देह प्रयोग गर्छ, यसरी मानिस शैतान नै बनेको छ र परमेश्‍वरको शत्रु बनेको छ। मानिसलाई मुक्त गर्नको लागि, उसलाई पहिले विजय गरिनैपर्छ। यही कारणले गर्दा नै परमेश्‍वर चुनौतीमा उठ्नुहुन्छ र आफ्‍नो अभिप्रायको काम गर्न र शैतानसँग लडाइँ गर्न देहमा आउनुहुन्छ। उहाँको उद्देश्य भनेको भ्रष्ट तुल्याइएको मानिसलाई मुक्ति दिनु र उहाँको विरुद्धमा विद्रोह गर्ने शैतानलाई हराउनु र नष्ट गर्नु हो। मानिसलाई विजय गर्ने आफ्नो कामद्वारा उहाँले शैतानलाई पराजित गर्नुहुन्छ, जबकि यही क्रममा उहाँले भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्छ। यसरी, यो एकै पटकमा दुईवटा उद्देश्यहरू हासिल गर्ने काम हो। मानिससँग अझै राम्ररी संलग्न हुन र मानिसलाई राम्ररी विजय गर्नको लागि उहाँले देहमा काम गर्नुहुन्छ, र देहमा बोल्नुहुन्छ र देहमा नै सबै काम गर्नुहुन्छ। अन्तिम पटक परमेश्‍वर देह बन्नुहुँदा, आखिरी दिनहरूको उहाँको कार्यलाई देहमा समाप्त गरिनेछ। उहाँले सबै मानिसहरूलाई प्रकारअनुसार वर्गीकरण गर्नुहुनेछ, आफ्नो सम्पूर्ण व्यवस्थापनलाई समाप्त गर्नुहुनेछ र देहको उहाँको सम्पूर्ण कामलाई पनि समाप्त गर्नुहुनेछ। पृथ्वीको उहाँको सबै काम सकिएपछि, उहाँ पूर्ण रूपमा विजयी बन्नुहुनेछ। देहमा काम गर्ने क्रममा, परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा विजय गर्नुभएको हुनेछ र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ। के यसको अर्थ उहाँको सम्पूर्ण व्यवस्थापन समाप्त भइसकेको हुनेछ भन्ने होइन र? उहाँले शैतानलाई पूर्ण रूपमा हराएपछि र विजय बन्नुभएपछि, जब परमेश्‍वरले देहमा आफ्नो काम समाप्त गर्नुहुन्छ, तब मानिसलाई भ्रष्ट तुल्याउने थप मौका शैतानसँग हुनेछैन। परमेश्‍वरको पहिलो देहधारणको काम भनेको मानिसका पापहरूको छुटकारा र क्षमा थियो। अहिले यो मानवजातिलाई विजय गर्ने र पूर्ण रूपमा प्राप्त गर्ने काम हो, ताकि शैतानसँग उप्रान्त त्यसको काम गर्ने कुनै मार्ग नहोस् र त्यो पूर्ण रूपमा हारोस् अनि परमेश्‍वर पूर्ण रूपमा विजय बन्नुभएको होस्। देहको काम यही नै हो र यो परमेश्‍वर स्वयंले गर्नुहुने काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

आखिरी दिनहरूमा परमेश्‍वरको देहधारणले उहाँको व्यवस्थापन समाप्त गर्छ

पद १

मानिससँग राम्ररी संलग्‍न हुन, उसमाथि विजय पाउन परमेश्‍वर देहमा काम गर्नुहुन्छ र बोल्नुहुन्छ। जब उहाँ पहिलोचोटि देहधारी हुनुभयो, मानिसलाई पापबाट छुट्कारा र क्षमा दिनुभयो। अब उहाँको काम भनेको मानवमाथिको विजय र प्राप्ती हो।

कोरस

जब परमेश्‍वर अन्तिमपटक देहधारण गर्नुहुन्छ, तब उहाँले आखिरी दिनको काम सकाउनुहुनेछ र प्रकार अनुसार मानिसलाई, वर्गीकरण गर्नुहुनेछ। उहाँले आफ्नो व्यवस्थापन र देहका सबै काम समाप्त गर्नुहुनेछ। जब उहाँको काम पृथ्वीमा सकिन्छ, तब उहाँ विजयी हुनुहुनेछ।

पद २

देहधारी परमेश्‍वरले मानवमाथि पूर्ण विजय र प्राप्ति गर्नु भनेको उहाँको व्यवस्थापनको अन्त्य हुनु होइन र? जब उहाँको देहको काम सकिन्छ र विजयी हुनुहुन्छ, मानिसलाई कहिल्यै भ्रष्ट पार्न नसक्ने गरी शैतान हार्छ। यही हो देहको काम, उहाँ आफैले गर्नुभएको।

कोरस

जब परमेश्‍वर अन्तिमपटक देहधारण गर्नुहुन्छ, तब उहाँले आखिरी दिनको काम सकाउनुहुनेछ र प्रकार अनुसार मानिसलाई, वर्गीकरण गर्नुहुनेछ। उहाँले आफ्नो व्यवस्थापन र देहका सबै काम समाप्त गर्नुहुनेछ। जब उहाँको काम पृथ्वीमा सकिन्छ, तब उहाँ विजयी हुनुहुनेछ। जब परमेश्‍वर अन्तिमपटक देहधारण गर्नुहुन्छ, तब उहाँले आखिरी दिनको काम सकाउनुहुनेछ र प्रकार अनुसार मानिसलाई, वर्गीकरण गर्नुहुनेछ। उहाँले आफ्नो व्यवस्थापन र देहका सबै काम समाप्त गर्नुहुनेछ। जब उहाँको काम पृथ्वीमा सकिन्छ, तब उहाँ विजयी, विजयी हुनुहुनेछ, विजयी।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्