Nepali Christian Testimony Video 2022 | धन-दासको जागरण
3 सेप्टेम्बर 2022
आजको विश्वमा, “पैसा नै पहिलो कुरा हो,” र “दुनियाँ पैसाको इसारामा चल्छ,” जस्ता शब्दावलीहरू सर्वमान्य सत्य र जीवन जिउने नियमका रूपमा लिइन्छन्। यो भिडियोमा, कथावाचक चेन मिन पनि यी कुरामा निश्चय नै विश्वास राख्छिन्। पैसा कमाउन र धनी बन्नका लागि, उनी रातदिन नभनी, शरीरलाई शिथिल बनाउँदै र आफ्नो स्वास्थ्य बिगार्दै विभिन्न काम गर्छिन्। उनीमा क्यान्सर देखिँदा पनि, उनी पैसा कमाउने प्रयासमा डगमगाउँदिनन्, बरू उपचार गराउँदै कामलाई निरन्तरता दिन्छिन्। वर्षौपछि, अन्ततः धनी बन्ने, घर र गाडी किन्ने, र उनी वरिपरिका मानिसहरूको आदर र प्रशंसा पाउने आफ्नो सपनालाई साकार पार्छिन्। तर यो प्रक्रियामा, उनको शरीर बिराम र थकानले थिलथिलो बन्छ, जसले उनलाई सधैँ कष्ट दिन्छ। जब उनी परमेश्वरमा विश्वास गर्न र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्न थाल्छिन्, उनी अन्ततः जागृत हुन्छिन् र पैसा अरू केही नभएर मानवजातिलाई भ्रष्ट बनाउन र मानवजातिमा विष भर्न शैतानले प्रयोग गर्ने चारो हो भनेर बोध गर्छिन्। पैसाको पछि लाग्नु सही बाटो होइन र मानिसको जीवनलाई अर्थ दिने एकमात्र बाटो भनेको सत्यको अनुसरण गर्नु र सृष्टि भएको जातिको कर्तव्य पूरा गर्नु हो भनेर उनी सिक्छिन्। जीवनमा के कुराको पछि लाग्नुपर्ने रहेछ भन्ने उनको दृष्टिकोण जब सच्चिन्छ, उनको स्वास्थ्य आश्चर्यजनक रूपमा राम्रो हुँदै आउँछ, र उनको जीवन परिवर्तन हुन थाल्छ …
अन्य प्रकारका भिडियोहरू