Nepali Christian Song | परमेश्‍वरबिना दिनहरू दुःखकष्टले भरिन्छन्

25 फेब्रुअरी 2026

व्यक्तिले नियति बोध नगर्दा, उसले परमेश्‍वरको सार्वभौमिकतालाई नबुझ्दा, र ऊ कुहिरोभित्र लर्खराउँदै र ढलपलिँदै दृढताका साथ छामछुम गर्दै अघि बढ्दा, त्यो यात्रा अत्यन्तै कठिन, र अत्यन्तै हृदयविदारक हुन्छ। त्यसकारण, जब मानिसहरूले मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान गर्छन्, तब चलाखहरूले यसलाई जान्‍ने र स्वीकार गर्ने, आफूले आफ्‍नै दुई हातद्वारा सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका पीडादायी दिनहरूलाई बिदा गर्ने, र नियतिको विरुद्धमा संघर्ष गर्न र आफ्ना तथाकथित “जीवन लक्ष्यहरू” आफ्‍नै तरिकाले खोज्न छाड्ने निर्णय गर्छन्।

जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्‍न, जब उसले उहाँलाई देख्‍न सक्दैन, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन, तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ। व्यक्ति जहाँ भए पनि, उसको जागिर जे भए पनि, उसको जीवनशैली र लक्ष्य खोजीले अटुट चोट र चैनरहित कष्टबाहेक केही दिँदैनन्, यतिसम्‍म कि उसले विगतलाई फर्केर हेर्नसमेत सक्दैन। व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकारेपछि मात्रै, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित भएपछि, र उसले साँचो मानव जीवन पछ्याएपछि मात्रै, बिस्तारै ऊ हृदयको सबै चोट र कष्टबाट र जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्