Nepali Christian Movie | कष्टको बीचमा आनन्दको कटनी | कसरी एक इसाईले रोग-बिमारको अनुभव गर्यो
25 जुन 2021
झोङ्ड जिन्मिङ्ग मण्डलीको एक अगुवा हुन्, आफ्नो कर्तव्यको लागि कष्ट भोग्न सक्छिन्, र उनी विश्वसनीय र जिम्मेवार दुवै छिन्। उनको ढाड दुख्ने समस्या भए तापनि, पीडा सहँदै उनले आफ्नो कर्तव्य पूरा गरिरहन्छिन्। तैपनि, उनको अवस्था झन् खराब बन्छ, र अस्पतालमा जाँच गर्दा तिनको कम्मरको ४ र ५ भागको जोर्नी सरेको भन्ने पत्ता लाग्छ। यदि तिनले तुरुन्तै उपचार पाइनन् भने, तिनी ओछ्यान पर्न सक्छिन्। यसद्वारा तिनी निकै चिन्तित हुन्छिन्, तर परमेश्वरकै अनुमतिमा यो अवस्था आएको हो, र परमेश्वरले उनलाई जाँच गर्दै हुनुहुन्छ, उनको विश्वास र भक्ति जाँच्दै हुनुहुन्छ भन्ने उनलाई विश्वास हुन्छ। तिनले आफ्नो उपचारमा सहकार्य गरिन् र आफ्नो कर्तव्य राम्ररी पूरा गरिन् भने, परमेश्वरले अवश्य नै तिनलाई सुरक्षा दिनुहुनेछ भन्ने उनले विश्वास गर्छिन्। तर समय बित्दै जाँदा, उनको अवस्था झन्-झन् खराब बन्दै जान्छ, र उनी कुनै पनि समयमा पक्षाघात हुने खतरामा पर्छिन्। यो बिमारको परीक्षाबाट उनले कसरी पार पाउँछिन्? र उनले कसरी आनन्दको कटनी गर्छिन्? यो कुरा पत्ता लगाउन कष्टको बीचमा आनन्दको कटनी हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू