Nepali Christian Song | सत्यता पछ्याउनु मात्रै जीवनको सही मार्ग हो

19 जुन 2026

परमेश्‍वरमा विश्‍वास गर्नु भनेको जीवनमा सही मार्गमा हिँड्नु हो, र व्यक्तिले सत्यता पछ्याउनैपर्छ। यो आत्मा र जीवनको मामला हो, र यो गैरविश्‍वासीहरूको सम्पत्ति र महिमाको पछ्याइ, आफ्ना लागि अमेट्य नाम कमाउने पछ्याइभन्दा फरक कुरा हो। यी फरक मार्गहरू हुन्। परमेश्‍वरका विश्‍वासीहरू हिँड्ने मार्ग भनेको सत्यता पछ्याउने र जीवन प्राप्त गर्ने मार्ग हो; यो परमेश्‍वरलाई पछ्याउने र सत्यता प्राप्त गर्ने मार्ग हो। सत्यता प्राप्त गर्न, तैँले लगनसाथ परमेश्‍वरका वचनहरू पढ्ने, तिनलाई अभ्यास र अनुभव गर्ने गर्नुपर्छ—त्यसो गरेपछि मात्र सत्यता बुझ्नेछस्। अनि, जब तैँले सत्यता बुझ्छस्, तब कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने, र यसरी कामकुराहरू सिद्धान्तअनुसार गर्ने, अनि कसरी परमेश्‍वरमा समर्पित हुन पुग्ने भन्‍ने बारेमा सोच-विचार गर्नुपर्छ। यसका लागि सत्यता अभ्यास गर्न आवश्यक हुन्छ।

सत्यता अभ्यास गर्नु सजिलो कुरा होइन: तैँले सत्यता खोज्नु मात्र होइन, आफूभित्र त्रुटिपूर्ण विचार र धारणाहरू छन् कि भनेर चिन्तन र पहिचान पनि गर्नुपर्छ, र यदि समस्याहरू छन् भने, तैँले ती हल गर्न सत्यताबारे सङ्गति गर्नुपर्छ। जब तैँले सत्यता अभ्यास गर्नुका सिद्धान्तहरू बुझ्छस्, तब सत्यता अभ्यास गर्न सक्छस्। अनि, सत्यता अभ्यास गरेर मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न र परमेश्‍वरमा समर्पित हुने व्यक्ति बन्‍न सक्छस्। यसरी अभ्यास र अनुभव गरेर, थाहा नपाई आफ्ना स्वभाव बदल्नेछस् र सत्यता प्राप्त गर्नेछस्।

गैरविश्‍वासीहरू सधैँ प्रसिद्धि, लाभ र हैसियततर्फ लागिपरिरहेका हुन्छन्। फलस्वरूप, तिनीहरू दुष्टताको मार्गमा हिँड्छन्, अनि झन्झन् पतित, झन्झन् चतुर र छली, झन्झन् कपटी र षडयन्त्रकारी बन्दै जान्छन्; तिनीहरूका हृदय झन्झन् दुष्ट बन्छन्, र झन्झन् बुझ्न नसकिने बन्छन्—यो गैरविश्‍वासीहरूको मार्ग हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरूको मार्ग यसको ठीक विपरीत हुन्छ। परमेश्‍वरका विश्‍वासीहरू यो दुष्ट संसार र दुष्ट मानवजातिबाट आफैलाई अलग्याउन चाहन्छन्; तिनीहरू सत्यता पछ्याउन र आफ्नो भ्रष्टता शुद्धीकरण गर्न चाहन्छन्। तिनीहरू मानव रूपमा जिउँदा मात्र तिनीहरूको हृदय स्थिर र शान्त हुन्छ; तिनीहरू परमेश्‍वरलाई चिन्‍न, परमेश्‍वरको डर मान्‍न, दुष्टताबाट अलग बस्‍न, अनि उहाँको अनुमोदन र आशिष्‌ प्राप्त गर्न चाहन्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले पछ्याउने कुरा यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति भएर मात्र वास्तविक मानव रूपमा जिउन सकिन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्