Nepali Christian Song | परमेश्वरको स्वभावलाई रिस उठाउनेहरू दण्डित हुनैपर्छ | with lyrics
12 अप्रिल 2022
पद १
परमेश्वर मानव राजनीतिमा सहभागी हुनुहुन्न,
तैपनि देश र ब्रह्माण्डको नियति नियन्त्रण गर्नुहुन्छ।
मानव नियति र उहाँको योजना जोडिएका छन्।
कुनै देश वा मानव उहाँको शासनबाट मुक्त छैन।
कोरस
आफ्नो नियति जान्न खोज्ने सबै उहाँको सामु आउनैपर्छ।
उहाँलाई पछ्याउ र आराधना गर, तिमीलाई समृद्ध पार्नुहुनेछ।
उहाँलाई अस्वीकार, विरोध गर्ने पतन र नष्ट हुनेछन्।
पद २
सम्झ बाइबलमा जब उहाँले सदोमलाई विनाश गर्नुभयो,
कसरी लोतकी पत्नी नुनको खम्बा बनिन्
र कसरी निनवेवासीले भाङ्ग्रा र खरानी लगाई
पापको पश्चाताप गरे।
कोरस
आफ्नो नियति जान्न खोज्ने सबै उहाँको सामु आउनैपर्छ।
उहाँलाई पछ्याउ र आराधना गर, तिमीलाई समृद्ध पार्नुहुनेछ।
उहाँलाई अस्वीकार, विरोध गर्ने पतन र नष्ट हुनेछन्।
पद ३
सम्झ २००० वर्ष अघि क्रूसमा येशूलाई टाँग्ने
यहूदीलाई र त्यसपछिको नतिजा सम्झ।
इस्राएलबाट निकालिएका तिनीहरू संसारभर छरपष्टिए।
धेरै मारिए र देश विनाशको पीडा भोगे।
ब्रिज
परमेश्वरलाई क्रूसमा टाँगे र
उहाँको स्वभावलाई रिस उठाए।
र त्यसको मूल्य चुकाए।
उहाँको निन्दा गरे,
तिनको नियति दण्ड पाउनु नै थियो।
तिनका शासकले आफ्नो देशमा ल्याएको
नतिजा, तितो विपत्ति यही थियो।
कोरस
आफ्नो नियति जान्न खोज्ने सबै उहाँको सामु आउनैपर्छ।
उहाँलाई पछ्याउ र आराधना गर, तिमीलाई समृद्ध पार्नुहुनेछ।
उहाँलाई अस्वीकार, विरोध गर्ने पतन र नष्ट हुनेछन्।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू