Christian Dance | परमेश्‍वरलाई प्रेम गर्ने हृदयले परमेश्‍वरको प्रशंसा गरौं | Praise Song

14 मे 2024

यदि तिमी परमेश्‍वरको प्रशंसा गर्न चाहन्छौ भने सकेसम्म ठूलो स्वरले गाऊ।

यदि तिमी नाच्न चाहन्छौ भने उठेर नाच।

यदि तिमी परमेश्‍वरको वचन खान र पिउन चाहन्छौ भने ती खाऊ र पिऊ।

यदि तिमी प्रार्थना गर्न चाहन्छौ भने प्रार्थना गर।

परमेश्‍वरबारे सोच, प्रार्थना गर-पढ र सङ्गति गर,

चिन्तन, मनन गर अनि परमेश्‍वरलाई अझ बढी खोज।

मण्डली जीवन रङ्गिन छ, र प्रशंसाले धेरै रूप लिन सक्छ।

हर दिन परमेश्‍वरका वचनमा जिउँदै, हामी परमेश्‍वरको प्रेमिलोपन देख्न सक्छौँ।

परमेश्‍वरलाई प्रशंसा गर्दा हाम्रो हृदय स्वतन्त्र हुन्छ, कुनै प्रावधान वा बन्धन हुँदैन।

साँचो प्रशंसासाथ आनन्द, शान्ति र हर्ष आउँछ।

परमेश्‍वरको उपस्थितिमा जिउँदा अतुलनीय आनन्द आउँछ, र हामी साँच्चै खुशी हुन्छौँ।

परमेश्‍वरका वचनको आनन्द लिन सँगै भेला हुँदा, हामी पवित्र आत्माको काम प्राप्त गर्छौँ।

सत्यता सङ्गति गरेर अनि अनुभवहरू बाँडेर,

हामी परमेश्‍वरका आशिषको आनन्द उठाउँछौँ।

हृदय अनि इमानदारीसाथ परमेश्‍वरको आराधना गर्नु राज्यको जीवन हो।

हामी सबै परमेश्‍वरको राज्यका मानिस हौँ,

अनि हामी सबैमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ।

हामीलाई मण्डली जीवन निकै नै रमाइलो लाग्छ,

हामी परमेश्‍वरका वचन खान्छौँ र पिउँछौँ अनि सत्यता बुझ्छौँ।

भ्रष्टता त्याग्दै र नयाँ मानिस बन्दै,

हामी परमेश्‍वरप्रति कृतज्ञ छौँ र हृदयमा उहाँको प्रशंसा गर्छौँ।

न्यायद्वारा हामी शुद्ध पारिन्छौँ, अनि हामी परमेश्‍वरको साँचो प्रेम अनुभव गर्छौँ।

परमेश्‍वरको मुक्तिको महानता देखेर, परमेश्‍वरलाई धन्यवाद दिन्छौँ र उहाँको प्रशंसा गर्छौँ।

दाजुभाइ अनि दिदीबहिनीहरू,

परमेश्‍वरको प्रशंसा गर्नहेतु एकै ठाउँमा भेला हुन हामीलाई सजिलो छैन।

ठूलो रातो अजिङ्गरको पागल दमन अति घृणित छ।

हामीले सतावट र कठिनाइ भोगेका छौँ,

र जीवनका सबै पक्ष अनुभव गरेका छौँ।

कुनै कुराले हाम्रो सङ्कल्प डगमगाएको छैन, र यो पूर्णतः परमेश्‍वरको प्रेमले गर्दा हो।

हाम्रो मुक्तिका लागि परमेश्‍वरले चुकाउनुभएको कठोर मूल्यलाई मापन गर्न सकिन्न।

परमेश्‍वर हामीमाझ जिउनुहुन्छ, उहाँ हामीसँगै जिउनुहुन्छ।

यो सुन्दर समय, यो सुन्दर जीवन, ती अविस्मरणीय छन्।

हामी परमेश्‍वरलाई प्रेम गर्छौँ, हामी परमेश्‍वरलाई सधैँभरि प्रेम गर्छौँ,

र हामी सधैँभरि उहाँको प्रशंसाको गीत गाउनेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्