Nepali Christian Movie | स्वर्गको राज्यका मानिसहरू | Be an Honest Man and Testify to God
12 जुलाई 2023
प्रभू येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)। प्रभु येशूले हामीलाई भन्नुभएको छ कि इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्; इमानदार मानिसहरू मात्रै यो राज्यका मानिसहरू हुन सक्छन्। यो चलचित्रले ख्रीष्टियन चेङ्ग नुओको परमेश्वरको कार्यको अनुभव र जीवनमा इमानदार व्यक्ति हुने उनको प्रयासको कथा भन्छ।
चेङ्ग नुओ एक चिकित्सक थिइन्। परमेश्वरमा विश्वास गरेपछि पनि, जब उनी आफ्नै स्वार्थसँग बाझिने र दैनिक जीवनका कुराहरूमा विभिन्न कुराहरूको सामना गर्छिन्, उनी झूट बोल्न र धोका दिन आफूलाई रोक्न सक्दिनन्। परीक्षा र पीडाहरूमा, उनी परमेश्वरको बारेमा गलत धारण बनाउन र परमेश्वरको बारेमा गुनासो पनि गर्छिन्, तर पटक पटक सत्यताको खोजीमार्फत र परमेश्वरका वचनहरूको न्याय र सजाय भोगेपछि, उनी आफ्नो बेइमानी र स्वार्थको मूल कारण झूटो शैतानी प्रकृति हो भनेर बुझ्छिन्। झूट बोल्ने उनको बानी र हृदयमा भएको बेइमानीलाई समाधान गर्न उनी सत्यताको खोजी गर्ने कुरामा केन्द्रित हुन्छिन्। पछि, उनलाई चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले पक्राउ गर्छ र उनले निर्मम यातना सहन्छिन्, झूट बोल्नुअघि उनी मर्न तयार हुन्छिन् र परमेश्वरलाई नकार्न इन्कार गर्छिन्। उनी परमेश्वरका लागि सुन्दर, गुञ्जयमान् गवाही दिन्छिन्। चेङ्ग नुओ बिस्तारै इमानदार व्यक्ति बन्न, र साँचो रूपमा परमेश्वरलाई प्रेम गर्न र उहाँको आज्ञापालन गर्न सक्छिन्। त्यसोभए, उनको कथा वास्तवमा के हो त?
अन्य प्रकारका भिडियोहरू