विश्वभरिका मानिसहरू चिनियाँ भाषा सिक्दै | वाचन र कोरस: मानवजातिको नियतिमा ध्यान देऊ | २०२६ स्तुतिका स्वरहरू
17 जनवरी 2026
१
म सबै जातिका र सबै देशका, र सबै पेशासमेतका मानिसहरूलाई परमेश्वरको आवाज सुन्न, परमेश्वरको कामलाई हेर्न र मानवजातिको नियतिलाई ध्यान दिन, अनि यसरी परमेश्वरलाई सबैभन्दा पवित्र, सबैभन्दा सम्मानित, सर्वोच्च, मानवजातिमाझ आराधनाको एक मात्र पात्र बनाउन, र अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञाअन्तर्गत जिएझैँ, र परमेश्वरले सुरुमा सृष्टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा जिएझैँ सम्पूर्ण मानवजातिलाई परमेश्वरको आशिष्मुनि जिउन सक्षम तुल्याउन आग्रह गर्छु।
२
परमेश्वरको काम शक्तिशाली छालजस्तै अघि बढ्छ। कसैले पनि उहाँलाई रोक्न सक्दैन, र उहाँको अघि बढाइलाई कसैले पनि थाम्न सक्दैन। उहाँका वचनहरूलाई ध्यान दिएर सुन्नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पदचापहरू पछ्याउन र उहाँको प्रतिज्ञा प्राप्त गर्न सक्छन्। जसले गर्दैनन् तिनीहरूले विनाशकारी प्रकोप भोग्नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
अन्य प्रकारका भिडियोहरू