Nepali Christian Testimony Video | मैले स्वर्गको राज्यमा पुग्ने बाटो भेटेँ
19 नोभेम्बर 2020
प्रमुख पात्रले उनको बुबाआमालाई उनीहरूको ख्रीष्टियन विश्वासमा सानैदेखि पछ्याइन्, र बिहेपछि उनी र उनको पतिले मण्डलीमा सँगै कार्य गर्न थाले। विगत केही वर्षमा, उनले प्रभुमा पाप स्वीकार्न सधैं प्रार्थना गरिरहेकी छिन्, तर आफूलाई पाप गर्नबाट रोक्न सक्दिनन्, र उनले प्रभुको वचनहरू पालना गर्न सक्दिनन् भन्ने उनले पत्ता लगाईन्। उनी पतिसँग पनि सहनशीलता वा धैर्यता प्रस्तुत गर्न सक्दिनन्। उनले यो परमेश्वरका वचनहरूबाट सम्झन्छिन्: “तिमीहरू पवित्र होओ; किनभने म पवित्र छु” (लेवी ११:४४)। परमेश्वर पवित्र हुनुहुन्छ, र कोही पनि अपवित्र व्यक्तिले प्रभुलाई देख्न सक्दैन, त्यसैले उनी छक्क पर्छिन्: के उनीजस्तो पापमा जीवन जिउने कोही व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ र? यो उनको लागि पीडादायी हुन्छ, र उनले नियमित रूपमा प्रभुलाई प्रार्थना गर्छिन्! उनी अन्ततः कसरी यो अन्योलताबाट मुक्त हुन्छिन्, र उनले कसरी शुद्ध हुने र स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग भेट्छिन्? ल उनको कथा सँगै सुनौं!
अन्य प्रकारका भिडियोहरू