विश्वभरिका मानिसहरू चिनियाँ भाषा सिक्दै | कोरस: परमेश्वरसँग मात्र जीवनको मार्ग छ
17 जनवरी 2026
१
जीवनको मार्ग जोसुकै व्यक्तिसँग हुन सक्ने कुरा होइन, न त यो हरेक व्यक्तिले सजिलै प्राप्त गर्न सक्ने कुरा नै हो। किनभने जीवन परमेश्वरबाट मात्रै आउन सक्छ। परमेश्वर स्वयम्सँग मात्रै जीवनको सार हुन्छ, र परमेश्वर स्वयम्सँग मात्रै जीवनको मार्ग हुन्छ। त्यसैले, परमेश्वर मात्रै जीवनको स्रोत र जीवनको जिउँदो पानीको सदा बगिरहने मूल हुनुहुन्छ। संसारको सृष्टिदेखि नै परमेश्वरले धेरै काम गर्नुभएको छ, जुनमा जीवनको जीवन्तता छ, उहाँले मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र उहाँले मानिसलाई जीवन प्राप्त गर्न सक्षम बनाउने ठूलो मूल्य चुकाउनुभएको छ। किनभने परमेश्वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, र परमेश्वर स्वयम् नै मानिसको पुनरुत्थानको मार्ग हुनुहुन्छ।
२
मानिसको हृदयबाट परमेश्वर कहिल्यै अलग हुनुहुन्न, र उहाँ सधैँ मानिसहरूकै माझमा जिउनुहुन्छ। उहाँ नै मानिसको जियाइको प्रेरक शक्ति, मानिसको अस्तित्वको जड, र मानिसको जन्मपछि उसको अस्तित्वका लागि सम्पन्न संसाधन हुनुहुन्छ। उहाँले मानिसहरूलाई पुनर्जन्म लिन सक्षम तुल्याउनुहुन्छ, र उहाँले तिनीहरूलाई तिनीहरूको आफ्नै भूमिकामा दृढताका साथ जिउन सक्षम तुल्याउनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्ने जीवनशक्तिमा निर्भर हुँदै, मानिस पुस्तौँपुस्तासम्म जिएको छ, यस समयमा परमेश्वरको जीवनको शक्तिले मानिसमाझ एकनासले सहारा प्रदान गर्दै आएको छ, र परमेश्वरले कुनै पनि साधारण मानिसले कहिल्यै नतिरेको मूल्य तिर्नुभएको छ।
३
परमेश्वरको जीवनशक्तिले कुनै पनि शक्तिलाई विजय गर्न सक्छ; त्यसभन्दा पनि बढी, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त छ, उहाँको शक्ति असाधारण छ, र उहाँको जीवन शक्ति कुनै पनि सृजित प्राणी वा शत्रु शक्तिद्वारा पराजित हुन सक्दैन। समय वा स्थान जे-जस्तो भए पनि, परमेश्वरको जीवनशक्ति अस्तित्वमै रहन्छ र यसको चम्किलो चमकसाथ चम्कन्छ। स्वर्ग र पृथ्वीमा ठूलो परिवर्तन हुन सक्ला, तर परमेश्वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुरा बितेर जान सक्छन्, तर परमेश्वरको जीवनको अस्तित्व रहिरहनेछ। किनभने यावत् थोकहरूको अस्तित्वको स्रोत, र बाँच्नका लागि यावत् थोक निर्भर हुने जड परमेश्वर नै हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
अन्य प्रकारका भिडियोहरू