परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २६८

21 जुलाई 2021

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो नियम पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ नियम पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्न सक्छस् त? तैँले आजको परमेश्‍वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनका अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो परमेश्‍वरले पृथ्वीमा भर्खरै गर्नुभएको काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वी र इस्राएलदेखि बाहिर अझ ठुलो, अझ नयाँ काम गर्नुभएको छ भनी मानिसहरूलाई थाहा छैन, जुन इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न त कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्‍वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। तिमीहरूले बुझ्नुपर्ने सबै कुरा यही हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन पुरानो ऐतिहासिक विवरणहरूको बीचमा जिउनु? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना विवरणहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् अनि यहाँको र अहिलेको काम होइनन् भनी प्रमाणित गर्दछ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो अझै पनि मानिसहरूका विचारहरूको इतिहास नै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको कुनै विवरण नभए पनि, नयाँ मार्ग यहाँको र अहिलेको हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरले आखिरी दिनहरूमा अन्यजातिहरूमाझ अझै महान् र नयाँ काम गर्नुभएको छ

पद १

व्यवस्थाको युगको काम र इस्राएलीले कसरी परमेश्‍वरको मार्ग पछ्याए, सो हेर्न चाहेमा, पुरानो करार पढ्नैपर्छ। अनुग्रहको युगको काम बुझ्न चाहेमा नयाँ करार पढ्नैपर्छ।

पद २

तिमीले आखिरी दिनहरूको काम जान्न चाहेमा, आजको उहाँको नेतृत्व स्वीकार्नैपर्छ। तिमी आजको काममा प्रवेश गर्नैपर्छ, कारण यो बाइबलमा नभेटिने नयाँ काम हो।

पूर्व कोरस १

आज उहाँ देहधारी हुनुभएको छ, चीनमा मानिस चुन्दै, यिनमा काम गर्दै, अनुग्रहको युगको काम जारी राख्नुहुन्छ।

कोरस

मानिस जान्दैनन् कि उहाँले पृथ्वीमा इस्राएल र अगमवक्ताका भनाइको दायरा भन्दा महान् र नयाँ काम गर्नुभएको छ। ओहो! कति अद्भुत! अगमवाणी भन्दा, मानिसको कल्पना भन्दा बाहिरको उहाँको काम, उहाँको काम।

पद ३

उहाँको आजको काम मानिस कहिल्यै नहिडेको पथ हो, पृथ्वीमा उहाँको सबभन्दा नयाँ काम हो। यसबारे कसले बाइबलमा लेख्न र केही नछुटाई अग्रिम अभिलेख गर्न सक्थ्यो?

पद ४

कसले यो नियम तोड्ने महान् कामलाई पुरानो किताबमा अभिलेख गर्न सक्थ्यो? आजको काम इतिहास होइन। आजको नयाँ बाटो हिँड्न बाइबल, अगमवाणी र इतिहास पारी जाऊ।

पूर्व कोरस २

तिमी सही बाटोमा हिँड्न सक्नेछौ, नयाँ क्षेत्र र उहाँको नयाँ काममा प्रवेश गर्न सक्नेछौ!

कोरस

मानिस जान्दैनन् कि उहाँले पृथ्वीमा इस्राएल र अगमवक्ताका भनाइको दायरा भन्दा महान् र नयाँ काम गर्नुभएको छ। ओह! कति अद्भुत! अगमवाणी भन्दा, मानिसको कल्पना भन्दा बाहिरको उहाँको काम, उहाँको काम। मानिस जान्दैनन् कि उहाँले पृथ्वीमा इस्राएल र अगमवक्ताका भनाइको दायरा भन्दा महान् र नयाँ काम गर्नुभएको छ। ओह! कति अद्भुत! अगमवाणी भन्दा, मानिसको कल्पना भन्दा बाहिरको उहाँको काम, कल्पना भन्दा बाहिरको उहाँको काम, उहाँको काम।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “बाइबल सम्बन्धमा (१)” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्