Nepali Christian Movie Trailer | मेरो कथा, हाम्रो कथा

14 अगस्ट 2023

मण्डली अगुवा याङ यिलाई चिनियाँ कम्युनिस्ट पार्टीको बृहत् पक्राउ अभियानमा पक्राउ गरेर दश वर्ष जेल सजाय सुनाइन्छ। कडा निगरानी र जेल गार्डहरूले दासलाई जस्तै काममा जोत्दा, उनी दुःखित र पीडित हुन्छन्, र परमेश्‍वरको वचनको तृष्णा गर्छन्। एक दिन, तिनका ब्रदर-सिस्टरहरूले तिनलाई जेलमा भेट्ने खतरा मोल्छन्, र तिनलाई लुकाएर परमेश्‍वरका वचनहरूको एउटा प्रतिलिपि दिन्छन्। याङ यिले उत्सुकतासाथ परमेश्‍वरका वचनहरू पढ्छन् र र उनी निकै उत्प्रेरित हुन्छन्, अनि आफ्‍नो पीडा र नकारात्मकताबाट बाहिर निस्कन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीले इसाईहरूलाई झन्-झन् तीव्र दमन र सतावट गर्दै गएपछि, झन्-झन् धेरै ब्रदरहरू तिनीसँगै थुनामा पर्छन्। तिनीहरूमध्ये कति जना बिरामी र कष्टमा परेर नकारात्मक भएको, कति जनालाई परमेश्‍वरलाई इन्कार गर्न लगाउन जेल गार्डहरूले जबरजस्ती “तीन-पत्रमा” हस्ताक्षर गर्न लगाएको, जसले गर्दा तिनीहरूलाई पछुतो र दोषी महसुस भएको याङ यिले देख्छन्। यो देखेपछि, याङ यिले आफ्‍ना ब्रदरहरूलाई सहयोग र साथ दिन अवसरहरू खोज्छन्, र तिनीहरूलाई परमेश्‍वरका वचनहरू दिन्छन्। उनका ब्रदरहरूले परमेश्‍वरका वचनहरू पढेपछि, आत्मिक खाना प्राप्त गर्छन्, र तिनीहरू सबैलाई परमेश्‍वरका वचनहरू अत्यन्तै बहुमूल्‍य छन् भन्‍ने लाग्छ, त्यसकारण तिनीहरूले पनि आफूलाई याद भएका परमेश्‍वरका वचनका खण्डहरू स्वतः लेखेर एकअर्कालाई दिने निर्णय गर्छन्, जसले गर्दा धेरैभन्दा धेरै ब्रदरहरूले परमेश्‍वरका वचनहरू पढ्न पाउँछन्। तैपनि, जेल गार्डहरूको निगरानी र जासुसहरूको रिपोर्टको कारण, याङ यिका ब्रदरहरूले परमेश्‍वरका वचनहरू राख्छन् भन्‍ने कुरा एकपछि अर्को गर्दै थाहा हुन्छ, र त्यसपछि तिनीहरूलाई गार्डहरूले कडा निगरानीमा राख्छन्, केरकार गर्छन् र यातना दिन्छन्। त्यसपछि, जेलको हरेक क्षेत्रमा बृहत् खानतलासी गरिन्छ। यो नाजुक अवस्थामा, ब्रदरहरूले विश्‍वासको ठूलो जाँच सामना गर्छन्…।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्