Nepali Christian Movie 2022 | मेरो जवानीका यादहरू | Trailer

24 जनवरी 2022

झाओ क्षिनलियाङ्गले पनि सानैदेखि आफ्‍नो बुबाआमासँगै परमेश्‍वरमा विश्‍वास गर्दै आएका हुन्छन्। त्यसपछि मेइ २०१४ मा, भर्खर २० वर्षको हुँदा, प्रहरीले एउटा भेलाबाट उनलाई पक्राउ गरी मस्तिष्क-सफाइद्वारा रूपान्तरण गर्नको लागि शिक्षा केन्द्रमा लग्छन्। तिनलाई मण्डलीको पोल खोल्‍न लगाउने प्रयासमा प्रहरीले यातनाका सबै तरिकाहरू अपनाउँछन्, जस्तै स्तनको टुप्‍पामा र गुप्ताङ्गमा जलिरहेको चुरोटको टुप्‍पोले डामिदिने, र तिनको शरीरभरि अनि गुप्ताङ्गमा उमालिएको चार कित्ली पानी छ्याप्‍ने, जसले गर्दा उनको शरीरभरि ठूला-साना पानी फोका आउँछन् र उनको छाला हेर्नै नसकिने हुन्छ। झाओ क्षिनलियाङ्गले आफ्‍नो वेदनामा मृत्युको कामना गर्छन्, तर परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइले तिनले आफ्‍नो विश्‍वासलाई फेरि प्राप्त गर्न सक्छन् र परमेश्‍वरको लागि गवाही दिने ठोस सङ्कल्‍प लिएर अघि बढ्ने साहस प्राप्त गर्छन्। तिनको छालाको घाउ निको भएपछि पनि, मस्तिष्क-सफाइका शिक्षकहरूले तिनको मस्तिष्क-सफाइ गर्ने प्रयास गर्दै पालै-पालो पढाइरहन्छन्। यस क्रममा, तिनलाई परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन लगाउनको लागि प्रहरीले निरन्तर तिनलाई धम्की दिने र तर्साउने गर्छन्। चिनियाँ कम्युनिस्ट प्रहरी र मस्तिष्क-सफाइका प्रशिक्षकहरूको यो निर्दयी सतावटको सामना गर्दा, के झाओ क्षिनलियाङ्ग अन्तिमसम्‍मै गवाहीको रूपमा खडा हुन सक्‍नेछ? पत्ता लगाउन मेरो जवानीका यादहरू हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्