Nepali Christian Movie | मेरो जवानीका यादहरू | Trailer
24 जनवरी 2022
झाओ क्षिनलियाङ्गले पनि सानैदेखि आफ्नो बुबाआमासँगै परमेश्वरमा विश्वास गर्दै आएका हुन्छन्। त्यसपछि मेइ २०१४ मा, भर्खर २० वर्षको हुँदा, प्रहरीले एउटा भेलाबाट उनलाई पक्राउ गरी मस्तिष्क-सफाइद्वारा रूपान्तरण गर्नको लागि शिक्षा केन्द्रमा लग्छन्। तिनलाई मण्डलीको पोल खोल्न लगाउने प्रयासमा प्रहरीले यातनाका सबै तरिकाहरू अपनाउँछन्, जस्तै स्तनको टुप्पामा र गुप्ताङ्गमा जलिरहेको चुरोटको टुप्पोले डामिदिने, र तिनको शरीरभरि अनि गुप्ताङ्गमा उमालिएको चार कित्ली पानी छ्याप्ने, जसले गर्दा उनको शरीरभरि ठूला-साना पानी फोका आउँछन् र उनको छाला हेर्नै नसकिने हुन्छ। झाओ क्षिनलियाङ्गले आफ्नो वेदनामा मृत्युको कामना गर्छन्, तर परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइले तिनले आफ्नो विश्वासलाई फेरि प्राप्त गर्न सक्छन् र परमेश्वरको लागि गवाही दिने ठोस सङ्कल्प लिएर अघि बढ्ने साहस प्राप्त गर्छन्। तिनको छालाको घाउ निको भएपछि पनि, मस्तिष्क-सफाइका शिक्षकहरूले तिनको मस्तिष्क-सफाइ गर्ने प्रयास गर्दै पालै-पालो पढाइरहन्छन्। यस क्रममा, तिनलाई परमेश्वरलाई इन्कार गर्न र धोका दिन लगाउनको लागि प्रहरीले निरन्तर तिनलाई धम्की दिने र तर्साउने गर्छन्। चिनियाँ कम्युनिस्ट प्रहरी र मस्तिष्क-सफाइका प्रशिक्षकहरूको यो निर्दयी सतावटको सामना गर्दा, के झाओ क्षिनलियाङ्ग अन्तिमसम्मै गवाहीको रूपमा खडा हुन सक्नेछ? पत्ता लगाउन मेरो जवानीका यादहरू हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू