Christian Dance | मेरो जीवन स्वतन्त्र र आजाद छ | Praise Song
25 जुन 2024
१
मेरो हृदय आजाद भएको छ र यसले उडान भरेको छ;
म उप्रान्त नकारात्मक र निष्क्रिय छैनँ, र म परमेश्वरको प्रेम फिर्ता तिर्छु।
पहिला, मैले परमेश्वरका अभिप्रायहरूलाई गलत रूपमा बुझेँ र उहाँलाई ध्यान दिइनँ;
परमेश्वरको प्रेम देखेर म उत्प्रेरित भएँ,
मैले परमेश्वरलाई प्रेम गर्नैपर्छ भनेर सङ्कल्प गरेको छु।
मैले परमेश्वरको प्रेम फिर्ता तिर्नैपर्छ, र उहाँलाई मेरो हृदय प्राप्त गर्न दिनुपर्छ।
हेर! फूलहरू जताततै फुलिरहेका छन्, मेरो हृदयमा सङ्गीत गुञ्जिन्छ,
र म परमेश्वरका निम्ति मेरो प्रेम गाउँछु।
२
परमेश्वरका वचनहरू खाँदा र पिउँदा म हर्षले भरिन्छु;
परमेश्वरको प्रेमले मलाई प्रेरित गर्छ।
सत्यता बुझेर, म परमेश्वरलाई प्रेम गर्छु र सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छु।
म आफ्नो कर्तव्य राम्ररी निभाउँछु र सुसमाचार प्रचार गर्छु;
मैले कष्ट भोगे पनि, त्यसमा हर्ष हुन्छ।
म उत्साहित छु र प्रेमको गीत गाउन विशेषगरी उत्तेजित छु।
मैले परमेश्वरको प्रेम फिर्ता तिर्नैपर्छ, र उहाँलाई मेरो हृदय प्राप्त गर्न दिनुपर्छ।
हेर! फूलहरू जताततै फुलिरहेका छन्, मेरो हृदयमा सङ्गीत गुञ्जिन्छ,
र म परमेश्वरका निम्ति मेरो प्रेम गाउँछु।
३
सर्वशक्तिमान् परमेश्वर, मलाई खुसी जीवन दिनुभएको तपाईँले नै हो।
मैले विगतको भ्रष्ट, पतित, खोक्रो जीवनलाई बिदा गरेको छु;
म आफ्नो स्वभाव परिवर्तन गर्ने, सामान्य मानवतामा जिउने प्रयास गर्छु,
र परमेश्वरको घरमा जे गर्न सक्छु, त्यो गर्छु।
मैले परमेश्वरको प्रेम फिर्ता तिर्नैपर्छ, र उहाँलाई मेरो हृदय प्राप्त गर्न दिनुपर्छ।
हेर! फूलहरू जताततै फुलिरहेका छन्, मेरो हृदयमा सङ्गीत गुञ्जिन्छ,
र म परमेश्वरका निम्ति मेरो प्रेम गाउँछु।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू