परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५

13 फेब्रुअरी 2021

मानिसहरूले अनुभवको आधारमा परमेश्‍वरलाई परिभाषित गर्ने प्रवृत्ति हुन्छ

परमेश्‍वरलाई चिन्ने विषयको बारेमा कुराकानी गर्दा, के तिमीहरूले केही कुरा ख्याल गरेका छौ? के तिमीहरूले आजभोलि उहाँको मनोवृत्ति रूपान्तरित भएको छ भन्ने कुरा ख्याल गरेका छौ? के मानिसहरूप्रतिको उहाँको मनोवृत्ति अपरिवर्तनीय छ त? के उहाँले यसरी नै सधैँ सहन गर्नुहुन्छ र मानिसहरूलाई अनिश्चितकालसम्म उहाँको सबै प्रेम र कृपा प्रदान गर्नुहुन्छ त? यो मामलामा परमेश्‍वरको सार पनि समावेश छ। … मानवजातिलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाएपछि, तिनीहरूले उहाँलाई प्रेमको प्रतीकको रूपमा परिभाषित गरे; तिनीहरूले के विश्‍वास गर्छन् भने, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले जे-जस्तो व्यवहार गरे तापनि, तिनीहरूले परमेश्‍वरलाई जे-जस्तो व्यवहार गरे तापनि र तिनीहरू जति नै अवज्ञाकारी भए तापनि, यी कुनै पनि कुराले केही फरक पर्दैन किनकि परमेश्‍वरसँग प्रेम छ र उहाँको प्रेम असीमित र अपरिमेय छ; परमेश्‍वरसँग प्रेम छ, त्यसैले उहाँ मानिसहरूप्रति सहनशील हुन सक्नुहुन्छ; र परमेश्‍वरसँग प्रेम छ त्यसैले उहाँ मानिसहरूप्रति कृपालु हुन सक्नुहुन्छ, तिनीहरूको अपरिपक्वताप्रति कृपालु हुन सक्नुहुन्छ, तिनीहरूको अज्ञानताप्रति कृपालु हुन सक्नुहुन्छ, र तिनीहरूको अवज्ञाप्रति कृपालु हुन सक्नुहुन्छ। के वास्तवमै हुने भनेको यस्तै होइन त? केही मानिसहरूको हकमा, तिनीहरूले एक पटक वा धेरै पटक परमेश्‍वरको धैर्यता अनुभव गरिसकेपछि, तिनीहरूले यी अनुभवहरूलाई परमेश्‍वरबारे तिनीहरूको आफ्नै बुझाइको महत्त्वपूर्ण कडीको रूपमा लिन्छन् र तिनीहरूले तिनीहरूप्रति उहाँ सधैँ धैर्य र कृपालु रहनुहुनेछ भन्ने विश्‍वास गर्छन् र त्यसपछि तिनीहरूले आफ्‍नो जीवनको सिलसिलामा, परमेश्‍वरको यो धैर्यतालाई उहाँले तिनीहरूप्रति गर्ने व्यवहारको मापदण्डको रूपमा लिन्छन्। अन्य यस्ता व्यक्तिहरू पनि छन् जसले एकपल्ट परमेश्‍वरको सहनशीलताको अनुभव गरिसकेपछि सधैँभरि परमेश्‍वरलाई सहनशील भनेर परिभाषित गर्छन्—र तिनीहरूको मस्तिष्कमा, यो सहनशीलता अनिश्चितकालीन, निसर्त र पूर्णतया असैद्धान्तिक समेत हुन्छ। के यस्ता विश्‍वासहरू सही छन् त? परमेश्‍वरको सार वा परमेश्‍वरको स्वभावको मामला छलफल गरिने हरेक समय तिमीहरू चकित भएजस्तो देखिन्छौ। तिमीहरूलाई यस्तो अवस्थामा देख्दा म धेरै बेचैन हुन्छु। तिमीहरूले परमेश्‍वरको सारसम्बन्धी धेरै सत्यताहरू सुनेका छौ; तिमीहरूले उहाँको स्वभावको बारेमा पनि धेरै छलफलहरू सुनेका छौ। तथापि, तिमीहरूको मस्तिष्कमा, यी मामलाहरू र यी पक्षहरूको सत्यता केवल सिद्धान्त र लिखित शब्दहरूमा आधारित सम्झनाहरूका रूपमा मात्रै हुन्छन्; तिमीहरूको दैनिक जीवनमा, तिमीहरूमध्ये कसैले पनि परमेश्‍वरको स्वभावलाई यो जे हो सोही रूपमा कहिल्यै अनुभव गर्न वा देख्न सकेको छैन। यसर्थ, तिमीहरू सबै तिमीहरूको विश्‍वासमा बेवकुफ दिमागवाला छौ; तिमीहरू सबैले अन्धो भई विश्‍वास गरिरहेका छौ, यो हदसम्म कि तिमीहरूले परमेश्‍वरप्रति अनादरकारी आचरण राख्छौ र उहाँलाई बढारेर समेत पन्छाउँछौ। तिमीहरूले परमेश्‍वरप्रति यस प्रकारको आचरण राख्दा यसले कतातर्फ डोर्‍याउँछ? यसले तिमीहरूलाई सधैँ परमेश्‍वरको बारेमा निष्कर्ष निकाल्ने बाटोतर्फ डोर्‍याउँछ। तिमीहरूले एकपल्ट केही ज्ञान हासिल गरिसकेपछि, तिमीहरूले सन्तुष्टि महसुस गर्छौ, मानौँ तिमीहरूले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा नै प्राप्त गरिसक्यौ। त्यसपछि, तिमीहरूले परमेश्‍वर यस्तै हुनुहुन्छ भनेर निष्कर्ष निकाल्छौ र तिमीहरूले उहाँलाई स्वतन्त्रतापूर्वक चलायमान हुन दिँदैनौ। यस बाहेक, जब परमेश्‍वरले कुनै नयाँ कार्य गर्नुहुन्छ, तिमीहरूले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्ने कुरालाई सजिलै अस्वीकार गर्छौ। एक दिन जब परमेश्‍वरले “म मानवजातिलाई अब फेरि कहिल्यै प्रेम गर्दिनँ; म अब फेरि कहिल्यै मानिसलाई कृपा प्रदान गर्नेछैनँ; तिनीहरूप्रति मसँग थप कुनै सहनशीलता वा धैर्यता छैन। म तिनीहरूप्रतिको चरम घृणा र द्वेषले घाँटीसम्म भरिएको छु” भनेर भन्नुहुन्छ, तब त्यस्ता भनाइहरूले मानिसहरूको हृदयको अन्तस्करणमा द्वन्द्व गराउनेछ। तिनीहरूमध्ये केहीले यसो समेत भन्नेछन्, “तपाईं अब उप्रान्त मेरो परमेश्‍वर हुनुहुन्न; तपाईं अब उप्रान्त मैले पछ्याउन चाहेको परमेश्‍वर हुनुहुन्न। यदि तपाईंले भन्ने कुरा यही हो भने तपाईं अब उप्रान्त मेरो परमेश्‍वर हुन लायक हुनुहुन्न र मैले तपाईंलाई पछ्याइराख्न जरुरी छैन। यदि तपाईं मलाई अब उप्रान्त कृपा, प्रेम र सहनशीलता प्रदान गर्नुहुन्न भने म तपाईंलाई पछ्याउन छोड्नेछु। यदि तपाईं मप्रति अनिश्चितकालीन रूपमा सहनशील हुनुहुन्छ भने, सधैँ मप्रति धैर्य हुनुहुन्छ भने, र तपाईंले मलाई तपाईं प्रेम हो, तपाईं धैर्यता हो र तपाईं सहनशीलता हो भनी हेर्न दिनुहुन्छ भने मात्रै म तपाईंलाई पछ्याउन सक्छु र तब मात्रै तपाईंलाई अन्त्यसम्म पछ्याउनको लागि मसँग आत्मविश्‍वास हुनेछ। मसँग तपाईंको धैर्यता र कृपा भएको हुँदा मेरा अवज्ञा र मेरा अपराधहरूलाई अनिश्चितकालीन रूपमा माफ र क्षमा गर्न सकिनेछ, र मैले जुनसुकै समय र जुनसुकै ठाउँमा पाप गर्न सक्छु अनि मैले जुनसुकै समय र जुनसुकै ठाउँमा कबुल गरेर माफ पाउन सक्छु, र मैले तपाईंलाई जुनसुकै समय र जुनसुकै ठाउँमा रिस उठाउन सक्छु। तपाईंले मेरो बारेमा कुनै पनि रायहरू राख्नु वा निष्कर्षहरू ‍निकाल्नु हुँदैन।” तिमीहरूमध्ये हरेकले यस प्रकारको मामलाको बारेमा आत्मपरक तवरले वा सचेत रूपले नसोच्ने भए तापनि, जब तिमीहरूले परमेश्‍वरलाई तिमीहरूको पाप क्षमा गर्न प्रयोग गरिने औजार वा सुन्दर गन्तव्य प्राप्त गर्न प्रयोग गरिने वस्तुको रूपमा लिन्छौ, तब तिमीहरूले जीवित परमेश्‍वरलाई सूक्ष्म रूपले आफ्नो विपक्षमा, तिमीहरूको शत्रुको रूपमा राखेका हुन्छौ। मैले देख्न सक्ने कुरा यही हो। तैँले “म परमेश्‍वरमा विश्‍वास गर्छु,” “म सत्यताको खोजी गर्छु,” “म मेरो स्वभावलाई परिवर्तन गर्न चाहन्छु,” “म अन्धकारको प्रभावबाट स्वतन्त्र हुन चाहन्छु,” “म परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छु,” “म परमेश्‍वरप्रति समर्पित हुन चाहन्छु,” “म परमेश्‍वरप्रति बफादार हुन चाहन्छु, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्छु,” आदि इत्यादि कुरा निरन्तर भनिरहन सक्छस्। तथापि, तेरा शब्दहरू जतिसुकै नै मीठा लाग्ने भए तापनि, तैँले जति नै धेरै सिद्धान्तहरू जाने तापनि, र उक्त सिद्धान्त जति नै प्रभावशाली वा प्रतिष्ठित भए तापनि, यो मामलाको तथ्य कुरा के हो भने अहिले तिमीहरूमध्ये धेरै यस्ता छौ जसले आफूले ज्ञान हासिल गरेका नियमहरू, धर्मसिद्धान्तहरू, सिद्धान्तहरूलाई परमेश्‍वरको बारेमा निष्कर्ष निकाल्न कसरी प्रयोग गर्ने यसअघि नै जानिसकेका छौ र यसरी तिमीहरूले प्राकृतिक रूपमै उहाँलाई आफ्नो विपक्षमा उभ्याएका छौ। तैँले अक्षरहरू र सिद्धान्तहरूको ज्ञान हासिल गरेको हुनसक्‍ने भए तापनि तँ साँचो रूपले सत्यताको वास्तविकतामा प्रवेश गरेको छैनस्, त्यसैले, तैँले परमेश्‍वरको नजिक हुन, उहाँलाई चिन्न र उहाँलाई बुझ्न एकदमै कठिन छ। यो एकदमै खेदपूर्ण छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्