परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४

27 अप्रिल 2021

मानिसहरूका परिणामहरूको निर्धारण कसले गर्छ?

छलफल गर्नुपर्ने अत्यन्तै महत्त्वको अर्को मामला छ, र त्यो मामला परमेश्‍वरप्रतिको तिमीहरूको आचरण हो। यो आचरण अति नै महत्त्वपूर्ण छ! यसले तिमीहरू अन्त्यमा विनाशको बाटोमा हिँड्नेछौ कि परमेश्‍वरले तिमीहरूको लागि तयार गर्नुभएको सुन्दर गन्तव्यतिर हिँड्नेछौ भन्ने कुराको निर्धारण गर्छ। राज्यको युगमा, परमेश्‍वरले यसअघि नै बीस वर्षभन्दा बढी समय काम गरिसक्नुभएको छ र सायद यी दुई दशकहरूको दौरान तिमीहरूले के-कस्तो कार्य-प्रदर्शन गर्यौ भन्ने बारेमा भित्र अन्तस्करणमा तिमीहरू अलिक अनिश्चित रहेका छौ होला। तथापि, परमेश्‍वरले उहाँको हृदयमा तिमीहरू प्रत्येकको वास्तविक र सत्यतापूर्ण अभिलेख राख्नुभएको छ। हरेक व्यक्तिले उहाँलाई पछ्याउन र उहाँका उपदेशहरू सुन्न, ‍क्रमिक रूपमा झन्-झन् बढी सत्यता बुझ्न सुरु गरेको समयदेखि र हरेक व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्न सुरु गरेको समयसम्म, परमेश्‍वरले हरेक व्यक्तिमा लागू हुने हरप्रकारका व्यवहारहरूको अभिलेख राख्नुभएको छ। आफ्ना कर्तव्यहरू पूरा गर्ने र हरप्रकारका वातावरण र परीक्षाहरूको सामना गर्ने क्रममा, मानिसहरूको मनोवृत्ति कस्तो हुन्छ त? तिनीहरूले के-कसरी कार्य-प्रदर्शन गर्छन् त? तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरप्रति के-कस्तो अनुभव गर्छन् त? … परमेश्‍वरसँग यी सबै कुराहरूको हिसाब-किताब हुन्छ; उहाँसँग यी सबै कुराहरूको अभिलेख हुन्छ। सायद, तिमीहरूको दृष्टिकोणबाट, यी मामलाहरू अन्योलमा पार्ने खालका होलान्। तथापि, परमेश्‍वर जहाँ उभिनुभएको छ त्यहाँबाट ती कुराहरू सङ्लो पानी झैं छर्लङ्ग छन् र तिनमा धमिलोपनको अलिकति झल्को समेत छैन। यो यस्तो मामला हो जसले हरेक व्यक्तिको परिणाम निर्धारण गर्छ र हरेक व्यक्तिको नियति र भावी सम्भाव्यताहरूसँग सम्बन्ध राख्छ, र अझ बढी भन्ने हो भने, यो त्यही कुरा हो जहाँ परमेश्‍वरले उहाँका सबै प्रयासहरू लगाउनुहुन्छ; त्यसैले परमेश्‍वरले यसलाई कति पनि बेवास्ता गर्नुहुन्न, न त उहाँले कुनै हेलचेक्र्याइँलाई नै सहनुहुन्छ। परमेश्‍वरले उहाँलाई मानिसहरूले पछ्याएको सम्पूर्ण सिलसिलाको बारेमा टिपोट राख्दै, सुरुवातदेखि अन्त्यसम्म नै, मानवजातिको यो हिसाबकिताबको अभिलेख राख्दै हुनुहुन्छ। यो अवधिमा उहाँप्रति रहेको तेरो आचरणले तेरो नियति निर्धारण गरेको हुन्छ। के यो कुरा साँचो होइन र? के अब तँ परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर विश्‍वास गर्छस् त? के उहाँका कार्यहरू उपयुक्त छन् त? के उहाँको बारेमा तिमीहरूको टाउकोमा अझै अन्य कुनै कल्पनाहरू छन् त? (छैनन्।) त्यसो भए, तिमीहरू मानिसहरूका परिणामहरू परमेश्‍वरद्वारा निर्धारण गरिने कुरा हुन् भन्छौ कि मानिसहरू आफैद्वारा निर्धारण गरिने कुरा हुन् भन्छौ त? (तिनीहरू परमेश्‍वरद्वारा निर्धारण गरिने कुरा हुन्।) तिनलाई निर्धारण गर्ने को हुनुहुन्छ त? (परमेश्‍वर।) तिमीहरू निश्चित भएका छैनौ, छौ त? हङ्कङ्बाट आउनुभएका भाइ-बहिनीहरू, जोडले बोल—कसले तिनको निर्धारण गर्नुहुन्छ? (तिनलाई मानिसहरू आफैले निर्धारण गर्छन्।) के मानिसहरू आफैले तिनको निर्धारण गर्छन् त? के त्यसको मतलब परमेश्‍वरसँग मानिसहरूका परिणामहरूको कुनै सम्बन्ध नै छैन भन्ने हुँदैन र? कोरियाबाट आउनुभएका भाइ-बहिनीहरू, जोडले बोल। (मानिसहरूका परिणामहरू तिनीहरूका सबै कार्य र कर्महरूको आधारमा र तिनीहरू जुन बाटोमा हिँडेका थिए सोही अनुरूप परमेश्‍वरले निर्धारण गर्नुहुन्छ।) यो एकदम वस्तुपरक जबाफ हो। यहाँ एक तथ्य छ जुन मैले तिमीहरू सबैलाई भन्नैपर्छ: परमेश्‍वरको मुक्तिको कामको सिलसिलामा उहाँले मानिसहरूको लागि एक मापदण्ड तय गर्नुभएको छ। यो मापदण्ड के हो भने तिनीहरूले परमेश्‍वरको वचनलाई सुन्नैपर्छ र तिनीहरू परमेश्‍वरको मार्गमा हिँड्नैपर्छ। मानिसहरूका परिणामहरूलाई मापन गर्ने मापदण्ड यही नै हो। यदि तैँले परमेश्‍वरको यो मापदण्ड अनुरूप अभ्यास गर्छस् भने, तैँले राम्रो परिणाम प्राप्त गर्न सक्छस्; यदि तैँले यस अनुरूप अभ्यास गर्दैनस् भने तैँले राम्रो परिणाम प्राप्त गर्न सक्दैनस्। त्यसो भए, यो परिणाम कसले निर्धारण गर्छ भनेर तैँले भन्छस् त? परिणाम निर्धारण गर्ने परमेश्‍वर मात्रै हुनुहुन्न, बरु यसमा त परमेश्‍वर र मानिस दुवै साथसाथ हुन्छन्। के यो सत्य हो त? (हो।) किन? किनभने मानवजातिको मुक्तिको लागि सक्रिय रूपमा संलग्न हुन र मानवजातिको लागि सुन्दर गन्तव्य तयार गर्न चाहनुहुने परमेश्‍वर नै हुनुहुन्छ; मानिसहरू त परमेश्‍वरको कामका वस्तुहरू हुन् र यो परिणाम, यो गन्तव्य तिनीहरूको लागि परमेश्‍वरले तयार गर्नुहुन्छ। यदि उहाँले काम गर्नको लागि कुनै वस्तुहरू नै थिएनन् भने उहाँले यो काम गर्नुपर्ने नै थिएन; यदि उहाँले यो काम गरिरहनुभएको हुँदैनथियो भने मानिसहरूले मुक्ति प्राप्त गर्ने अवसर नै पाउने थिएनन्। मुक्ति पाउनु पर्ने त मानिसहरूले नै हो, र मुक्ति प्राप्त गर्ने कार्य यो प्रक्रियाको निष्क्रिय भाग भएको भए तापनि परमेश्‍वर मानवजातिलाई मुक्ति दिने उहाँको काममा सफल हुनुहुनेछ कि हुनुहुनेछैन भन्ने कुरा निर्धारण गर्ने कार्यमा भूमिका खेल्ने कुरा भनेको तिनीहरूको आचरण नै हो। यदि परमेश्‍वरले तेरो लागि दिनुहुने मार्गनिर्देशन नभएको भए त, तैँले उहाँको मापदण्डको बारेमा जान्ने थिइनस्, न त तँसँग कुनै उद्देश्य नै हुनेथियो। यदि तँसँग यो मापदण्ड, यो उद्देश्य छ, तर पनि तैँले सहकार्य गर्दैनस् भने, यसलाई अभ्यास गर्दैनस् भने वा मूल्य तिर्दैनस् भने, तैँले यो परिणाम हासिल गर्नेछैनस्। यस कारणले गर्दा, म त भन्छु, व्यक्तिको परिणामलाई परमेश्‍वरबाट अलग गर्न सकिँदैन र यसलाई उक्त व्यक्तिबाट पनि अलग गर्न सकिँदैन। अब भने तिमीहरूले मानिसहरूका परिणामहरू कसले निर्धारण गर्छ भन्ने कुरा थाहा पायौ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्