Christian Choir Song | राज्यको स्तुतिगान: राज्य संसारमा ओर्लिन्छ (Nepali Subtitles)

18 डिसेम्बर 2020

सारा ब्रह्माण्डमा मानिसको बीचमा परमेश्‍वरको आगमनको घोषणा गर्दै राज्यको भावोत्तेजकपूर्ण स्तुतिगान उच्‍च आवाजमा सुरु भयो! परमेश्‍वरको राज्य आएको छ! सबै मानिसहरू हर्षोल्‍लास गर्छन्, सबै थोकले रमाहट गर्दछन्! स्वर्गका सबै थोक खुसीयालीले भरिन्छ। अहो, यी खुसीका कस्ता मनमोहक दृश्यहरू हुन्?

मानिसको माझमा, जो पीडामा जिउँछ र हजारौं वर्षसम्म शैतानको भ्रष्टता सहेको छ, कसले परमेश्‍वरको आगमनको चाहना—तिर्सना गर्दैन? शैतानको प्रभावमा परेर ती युगहरूभरि कति जना विश्‍वासीहरू र परमेश्‍वरका अनुयायीहरूले दुःख, विपत्ति, सतावट र विरक्ति सहेका छन्? परमेश्‍वरको राज्य चाँडै आउनेछ भनी कसले आशा गर्दैन? मानवताको आनन्द र दुःखहरूको स्वाद चाखेपछि, मानिसहरूमध्ये कसले सत्य र धार्मिकताले मानिसको बीचमा अधिकार गरोस् भन्ने चाहँदैन?

जब परमेश्‍वरको राज्य आउँछ, त्यस बेला सबै जातिहरू र मानिसहरूले अत्यन्तै व्यग्रतासाथ पर्खेका दिन अन्त्यमा आइपुग्छ! यस समयमा, स्वर्ग र पृथ्वीमा भएका सबै थोकको दृश्यहरू कस्ता हुनेछन्? राज्यमा जीवन कति सुन्दर हुनेछ! “राज्यको स्तुतिगान: राज्य संसारमा ओर्लिन्छ”, सहस्राब्दीका प्रार्थनाहरू पूरा हुनेछन्!

राज्यको स्तुतिगान: राज्य संसारमा ओर्लिन्छ

स्वर-सङ्गम: भीडहरूले परमेश्‍वरको जयजयकार गर्छन्, भीडहरूले परमेश्वरको प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, परमेश्‍वरको राज्य मानिसहरूको संसारमा ओर्लिन्छ।

१. भीडहरूले परमेश्‍वरको जयजयकार गर्छन्, भीडहरूले परमेश्वरको प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसले परमेश्‍वरका कामहरू हेर्न आ-आफ्ना आँखा माथि उठाउँछन्। परमेश्‍वरको राज्य मानिसहरूको संसारमा ओर्लिन्छ, परमेश्‍वरको व्यक्ति धनी र उदार छ। यसमा को आनन्दित हुँदैन र? आनन्दले को नाच्दैन? हे, सियोन! परमेश्‍वरको हर्षोल्‍लास गर्न तेरो विजयको झन्डा उठा! परमेश्‍वरको पवित्र नाउँलाई फैलाउन तेरो विजयको गीत गा!

२. पृथ्वीको अन्त्यसम्‍मका सबै सृष्टि! आफैलाई शुद्ध पार्न हतार गर, ताकि तिमीहरू परमेश्‍वरको निम्ति बलि बन्न सक! माथि आकाशमा तारा मण्डलहरू! आकाशमा परमेश्‍वरको पराक्रमी शक्ति प्रकट गर्न आफ्‍नो स्थानमा तुरुन्तै फर्किहाल। पृथ्वीका मानिसहरूको आवाज सुन्न परमेश्‍वर आफ्नो कान थाप्नुहुन्छ, जसले गीतमा उहाँको निम्ति आफ्नो असिम प्रेम र सम्मान खन्याउँछन्। यस दिन, जब सारा सृष्टि जीवनमा फर्कन्छ, परमेश्‍वर मानिसहरूको संसारमा ओर्लिनुहुन्छ। यो क्षणमा, ठिक यसै बेला, सबै फूलहरू उन्मत्त बनेर फक्रँदै फुल्दछन्, सबै पक्षीहरू एकै स्वरमा गाउँछन्, सबै थोक आनन्दले धड्कन्छन्! परमेश्‍वरको राज्यको सलामीको आवाजमा, शैतानको राज्य ढल्छ, राज्यको स्तुतिगानको गर्जनमा कहिल्यै नउठ्ने गरी नाश हुन्छ।

३. पृथ्वीमा कसले खडा हुने र विरोध गर्ने हिम्मत गर्छ? जब परमेश्‍वर पृथ्वीमा ओर्लनुहुन्छ, उहाँ आगो ल्याउनुहुन्छ, क्रोध ल्याउनुहुन्छ, हरकिसिमका प्राकृतिक विपत्तिहरू ल्याउनुहुन्छ। अहिले सांसारिक राज्यहरू परमेश्‍वरका राज्य हुन्! माथि आकाशमा, बादलहरू छताछुल्ल र तरङ्गित हुन्छन्; आकाशमुनि, ताल र नदीहरू उर्लेर बढ्छन् र खुसीको साथ एक उत्तेजक धुन निकाल्छन्। विश्राम गरिरहेका जनावरहरू उनीहरूका ओडारहरूबाट निस्किन्छन्, र सबै मानिसहरू परमेश्‍वरद्वारा उनीहरूको निद्राबाट जगाइन्छन्। असङ्ख्य मानिसहरूले पर्खेको दिन आखिरमा आइपुगेको छ! तिनीहरूले आफ्ना सबैभन्दा सुन्दर गीतहरू परमेश्‍वरलाई चढाउँछन्!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्