परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८८

31 जनवरी 2022

मानिसका परम्परागत धारणाहरूमा, उसले यो विश्‍वास गर्छ, कि परमेश्‍वरको प्रेम उहाँको अनुग्रह, दया, र मानिसको कमजोरीप्रतिको सहानुभूति हो। यी थोकहरू पनि परमेश्‍वरको प्रेम नै भए तापनि, ती अत्यन्तै एकतर्फी छन्, र ती परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुने मुख्य माध्यम होइनन्। कोही मानिसहरू बिमारीको कारण परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्। यो बिमारी तेरो लागि परमेश्‍वरको अनुग्रह हो; योविना तैंले परमेश्‍वरमा विश्‍वास गर्ने थिइनस्—र यदि तैँले परमेश्‍वरमा विश्‍वास नगरेको भए तँ यति टाढासम्म आउने थिइनस्—यसैले यो अनुग्रह पनि परमेश्‍वरको प्रेम नै हो। येशूमा विश्‍वास गर्ने समयमा मानिसहरूले परमेश्‍वरलाई अप्रिय लाग्ने धेरै कुराहरू गरे, किनकि तिनीहरूले सत्यतालाई बुझेका थिएनन्, तैपनि परमेश्‍वरसँग प्रेम र कृपा छ, र उहाँले मानिसलाई यहाँसम्म ल्याउनुभएको छ, र मानिसहरूले केही नबुझे पनि अझै पनि परमेश्‍वरले मानिसलाई उहाँको पछि लाग्‍न दिनुहुन्छ, यसबाहेक, उहाँले मानिसलाई आजको दिनसम्म ल्याउनुभएको छ। के यो परमेश्‍वरको प्रेम होइन र? जुन कुरा परमेश्‍वरको स्वभावमा प्रकट हुन्छ, त्यो परमेश्‍वरको प्रेम हो—यो एकदम सही छ! जब मण्डली निर्माणको कार्य चरम सीमामा पुगेको थियो, तब परमेश्‍वरले सेवाकर्ताहरूको कामको चरण पूरा गर्नुभयो र मानिसलाई अतल कुण्डमा हालिदिनुभयो। सेवाकर्ताहरूका समयका वचनहरू सबै सरापहरू थिए: तेरो शरीरको सराप, तेरो भ्रष्ट शैतानिक स्वभावको सराप, र परमेश्‍वरको इच्छा पूरा नगर्ने तेरा कुराहरूका सरापहरू। त्यस चरणमा परमेश्‍वरले गर्नुभएको काम प्रतापको रूपमा प्रकट भयो, त्यसको लगत्तै परमेश्‍वरले सजायको कामको चरण पूरा गर्नुभयो, र त्यहाँ मृत्युको जाँच आयो। त्यस्तो काममा, मानिसले परमेश्‍वरको क्रोध, प्रताप, न्याय, र सजाय देख्यो, तैपनि उसले परमेश्‍वरको अनुग्रह, उहाँको प्रेम र कृपा पनि देख्यो। परमेश्‍वरले गर्नुभएका सबै कुरा, र उहाँको स्वभावको रूपमा प्रकट भएका सबै कुरा, मानिसका लागि परमेश्‍वरको प्रेम थियो, र परमेश्‍वरले गर्नुभएका सबै कुराले मानिसका आवश्यकताहरू पूरा गर्न सके। उहाँले मानिसलाई सिद्ध बनाउनका लागि यो गर्नुभयो, र उहाँले मानिसका निम्ति उसको कदअनुसार प्रबन्ध गर्नुभयो। यदि परमेश्‍वरले यो नगर्नुभएको भए, मानिस परमेश्‍वरको सामु आउन सक्दैनथियो र उसँग परमेश्‍वरको वास्तविक अनुहार चिन्ने कुनै उपाय हुँदैनथ्यो। मानिसले सबैभन्दा पहिले परमेश्‍वरमा विश्‍वास गर्न थालेकोदेखि आजसम्म परमेश्‍वरले मानिसका निम्ति उसको कदअनुसार बिस्तारै प्रबन्ध गरिदिनुभएको छ, यसैले भित्रबाट मानिसले बिस्तारै उहाँलाई चिन्न सक्यो। आजको दिनमा आइपुगेपछि मात्र मानिसले परमेश्‍वरको न्याय कति अचम्मको छ भनी थाहा पाउँछ। सेवाकर्ताहरूको कामको चरण भनेको सृष्टिको समयदेखि आजसम्म भएको सरापको कामको पहिलो घटना थियो। मानिसलाई श्राप दिई अतल कुण्डमा पुर्‍याइएको थियो। यदि परमेश्‍वरले त्यो नगर्नुभएको भए, आज मानिसमा परमेश्‍वरबारे सही ज्ञान हुने थिएन; परमेश्‍वरको सरापद्वारा मात्र मानिसले उहाँको आधिकारिक स्वभावलाई अनुभव गऱ्यो। सेवाकर्ताहरूको जाँचद्वारा मानिसलाई प्रकट गरियो। उसले उसको बफादारी अस्वीकार्य छ, उसको कद धेरै सानो छ, उसले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन, र परमेश्‍वरलाई सन्तुष्ट पार्छु भन्‍ने उसका दाबीहरू सधैँ शब्‍दहरूमा मात्र सीमित छन् भन्‍ने देख्यो। परमेश्‍वरले मानिसलाई सेवाकर्ताहरूको कामको चरणमा सराप दिनुभएको भए तापनि, अहिले पछाडि फर्केर हेर्दा, परमेश्‍वरको कामको त्यो चरण अद्भुत थियो: यसले मानिसका लागि ठूलो मोड् ल्यायो र उसको जीवनको स्वभावमा ठूलो परिवर्तन ल्यायो। सेवाकर्ताहरूको समयभन्दा पहिले मानिसले जीवनको खोजी गर्नु, परमेश्‍वरमा विश्‍वास गर्नु, वा परमेश्‍वरको कामको बुद्धि के हो भनी केही पनि बुझेको थिएन, न त उसले परमेश्‍वरको कामले मानिसलाई जाँच्‍न सक्छ भनी बुझेको नै थियो। सेवा गर्नेहरूको समयदेखि आजसम्म मानिसले परमेश्‍वरको काम कति अचम्मलाग्दो रहेछ भनी देख्दछ—यो मानिसका निम्ति बुझ्नै नसकिने छ। परमेश्‍वरले आफ्नो दिमाग प्रयोग गरेर कसरी काम गर्नुहुन्छ भनी मानिसले कल्पना गर्न सक्दैन, र उसले आफ्नो कद कति सानो रहेछ र ऊ कति धेरै अनाज्ञाकारी छ भनेर पनि देख्दछ। जब परमेश्‍वरले मानिसलाई सराप्नुभयो, त्यो एउटा परिणाम प्राप्त गर्नका निम्ति थियो, र उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन। उहाँले मानिसलाई सराप्नुभएको भए तापनि, उहाँले त्यो वचनहरूद्वारा गर्नुभयो, र उहाँको सरापहरू वास्तवमा मानिसमाथि आइलागेनन्, किनकि परमेश्‍वरका सरापहरू मानिसको अनाज्ञाकारिताका निम्ति थिए, त्यसैले उहाँका सरापका शब्दहरू मानिसलाई सिद्ध बनाउनका निम्ति पनि बोलिएका थिए। परमेश्‍वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्‍वरको कामको हरेक चरण—चाहे ती कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्‍वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, तिमीहरूले उहाँको बुद्धिको कदर गर्न सक भनेर उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ। तिमीहरूले आफैभित्र केही पीडा भोगेको भए तापनि, तिमीहरूको हृदयले स्थिरता र शान्तिको महसुस गर्दछ; परमेश्‍वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि आज तिमीहरूले आफूमा देखेको परमेश्‍वरको काम प्रेम नै हो भनी बुझ्नेछौ। यदि मानिसले परमेश्‍वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्‍वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्‍वरले तँलाई मुक्ति दिनको लागि तँलाई निराकरण गर्नुहुन्छ, अनि तैंले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैंले पछि फर्केर हेर्नेछस्, र परमेश्‍वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैंले परमेश्‍वरको इच्छालाई साँच्चै बुझ्न सक्नेछस्। आज, केही मानिसहरू छन् जसले भन्छन् कि उनीहरू परमेश्‍वरको इच्छा बुझ्दछन्, तर त्यो साँचो होइन। वास्तवमा उनीहरू झूटो बोलिरहेका हुन्छन्, किनकि अहिले उनीहरूले परमेश्‍वरको इच्छा मानिसलाई बचाउने हो कि सराप दिने हो भनी बुझ्न बाँकी नै छ। सायद अहिले तँ यसलाई स्पष्ट रूपमा देख्न सक्दैनस्, तर त्यो दिन आउनेछ जब तैंले परमेश्‍वरले महिमा प्राप्‍त गर्नुहुने दिन आएको देख्नेछस्, र परमेश्‍वरलाई प्रेम गर्नु कति अर्थपूर्ण रहेछ भनी बुझ्नेछस्, यसरी तैंले मानिसको जीवनलाई बुझ्नेछस् र तेरो शरीर परमेश्‍वरलाई प्रेम गर्ने संसारमा जिउनेछ। यसरी तेरो आत्मा स्वतन्त्र बनाइनेछ, तेरो जीवन आनन्दले भरिनेछ, र तँ सधैँ परमेश्‍वरको नजिक हुनेछस् र उहाँलाई हेर्नेछस्। त्यस बेला, तैंले साँच्चै परमेश्‍वरको आजको काम कति मूल्यवान् रहेछ भनी बुझ्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्