Nepali Sermon Series: Seeking True Faith | के सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास प्रभु येशूप्रतिको विश्‍वासघात हो?

29 मे 2022

सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍ट मानिसलाई मुक्ति दिन देखा परी सत्यताहरू व्यक्त गर्दै आइरहनुभएको छ। करोडौँ वचन समावेश रहेको वचन देहमा देखा पर्नुहुन्छलाई अनलाइनमा राखिएको छ, यसरी उहाँ ठूलो ज्योतिजस्तै पूर्वबाट पश्चिममा चम्किनुभएको छ, र सम्पूर्ण संसारलाई हल्‍लाउनुभएको छ। सत्यतालाई प्रेम गर्ने सबै देश, क्षेत्र, र सम्प्रदायका धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन्, परमेश्‍वरको आवाज सुनेका छन्, र उहाँलाई उत्सुकताको साथ स्वीकार गरेका छन्। राज्यको यो सुसमाचार रोक्‍न नसकिने शक्ति र वेगमा फैलिरहेको र प्रचार-प्रसार भइरहेको छ, यसरी यी बाइबलीय अगमवाणीहरूलाई पूरा गरिरहेका छन्: “अनि आखिरी दिनहरूमा यस्तो हुनेछ, कि यहोवाको भवन भएको पर्वत पर्वतहरूको टुप्पोमा स्थापित गरिनेछ र पहाडहरूमाथि उठाइनेछ; र सबै जातीहरू यसतर्फ आउनेछन्” (यशैया २:२)। “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:२७)। तैपनि, धेरै जना विश्‍वासीहरूले उहाँ साधारण व्यक्ति जस्तो देखिनुहुने र प्रभु येशूको रूपमा बादलमा नआउनुहुने भएकोले, वा सर्वशक्तिमान्‌ परमेश्‍वरलाई येशू नभनिने भएकोले, र बाइबलले "सर्वशक्तिमान्‌ परमेश्‍वर" भन्‍ने नाम कहिल्यै उल्‍लेख नगर्ने भएकोले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्दैनन्। र तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रभु येशूलाई धोका दिनु हो भनेर दोष समेत लगाउँछन्। परिणाम स्वरूप, तिनीहरूले अझै प्रभुलाई स्वागत गरेका छैनन् तर तिनीहरू विपत्तिहरूको चपेटामा परेका छन्। त्यसकारण, सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्नु वास्तवमा प्रभु येशूलाई धोका दिनु हो कि होइन? साँचो विश्‍वासको खोजीको यो भागमा, हामी परमेश्‍वर देखा पर्नुभएको घटना र उहाँको कामको बारेमा थप सिक्‍नेछौं र उत्तर पत्ता लगाउने प्रयास गर्नेछौं।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्