Christian Choir Song | देहधारी परमेश्‍वरमा मानवता छ र अझ बढी इश्‍वरत्व छ

10 अप्रिल 2024

त्यो “देहधारण” परमेश्‍वर देहमा देखा पर्ने घटना हो;

परमेश्‍वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ।

त्यसकारण परमेश्‍वर देहधारी हुनुहुने हुनाले, उहाँ सुरुमा देह,

सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो।

परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ,

परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो।

उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ;

मानवताविना कुनै देह हुन सक्दैन र

मानवताविनाको व्यक्ति मानव होइन।

यसरी, परमेश्‍वरको देहको मानवता परमेश्‍वरको देहधारी शरीरको अन्तर्निहित गुण हो।

“जब परमेश्‍वर देह बन्नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्‍वरीय हुनुहुन्छ

र उहाँमा मानवता पटक्कै छैन” भनी भन्नु भनेको ईश्‍वरनिन्दा हो,

किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन र यसले देहधारणको सिद्धान्तलाई उल्लङ्घन गर्छ।

त्यसैले कामको कर्ता उहाँको मानवतामा बास गर्ने ईश्‍वरीयता हो।

उहाँको मानवता होइन, उहाँको ईश्‍वरीयता काममा छ,

तैपनि यो ईश्‍वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ;

सारमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्‍वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ।

तर काम गर्ने उहाँकै देह हो।

उहाँ मानिस हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ भनेर भन्न सकिन्छ,

किनभने परमेश्‍वर मानव भेष

र मानव सार तर परमेश्‍वरको सारसहितको देहमा जिउनुहुने परमेश्‍वर बन्नुहुन्छ।

उहाँ परमेश्‍वरको सारसहितको मानिस हुनुभएकोले,

उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि,

परमेश्‍वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ।

उहाँको जस्तो मानव भेषसहितका सबैमध्ये,

मानवतासहितका सबैमध्ये,

उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—

अरू सबै सृष्टि गरिएका मानव हुन्।

तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवताबाहेक केही पनि हुँदैन,

जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ:

उहाँको देहमा उहाँमा मानवता मात्रै होइन तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ।

परमेश्‍वर देह बन्नुहुने भएकोले,

उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो।

यस संयोजनलाई परमेश्‍वर स्वयम्,

पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

परमेश्‍वर देह बन्नुहुने भएकोले,

उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो।

यस संयोजनलाई परमेश्‍वर स्वयम्,

पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्