Christian Dance | म बस परमेश्वरलाई पछ्याउनेछु | Praise Song
5 मे 2025
१
म उबडखाबड मार्गमा ख्रीष्टलाई पछ्याउँछु।
कष्ट र शोधन अनुभव गरेर, म परमेश्वरको प्रेम चाख्छु।
सत्यता प्राप्त गर्दा, मेरो स्वभाव परिवर्तन हुन्छ,
र न्याय गरिएर, मलाई मुक्ति दिइएको छ।
परमेश्वरका वचन मेरो भ्रष्टता खुलासा गर्ने धारिलो तरबार हुन्,
तिनले मलाई न्याय र शुद्धिकरण गर्छन्, मेरो जीवन परिवर्तन गर्छन्।
परमेश्वरको प्रेमिलो स्वभाव देखेको भएर, म उहाँलाई प्रेम गर्न लागिपर्छु,
र मेरा बाँकी रहेका दिनहरू परमेश्वरलाई पछ्याउन जीवनको शपथ लिन्छु।
भोलि म चाहे बाँचे पनि वा मरे पनि, आकाश खसिआए वा पृथ्वी चर्किगए पनि,
म बस परमेश्वरलाई पछ्याउने छु र आफ्नो कर्तव्य पूरा गर्नेछु,
परमेश्वरको गवाही दिन सत्यता अभ्यास गर्नेछु।
म हिँड्दै गर्दा, मेरो जीवनको मार्ग झन्-झन् उज्यालो हुँदै जान्छ।
२
म उबडखाबड मार्गमा ख्रीष्टलाई पछ्याउँछु।
म ख्रीष्ट व्यावहारिक परमेश्वर हुनुहुन्छ भनेर चिन्न पुगेको छु।
परीक्षा र सङ्कष्टहरू अनुभव गरेर, परमेश्वरले मलाई मार्गदर्शन गर्नुहुन्छ,
र उहाँको वचनमा, म सामर्थ्य पाउँछु।
परमेश्वरका वचन वास्तविक ज्योति हुन्, जसले अगाडिको मार्ग उज्यालो पार्छन्।
म आस्थाले भरिएको छु, र परमेश्वरलाई पछ्याउने मेरो सङ्कल्प पक्का छ।
परमेश्वर मेरो आड हुनुहुन्छ, र मेरो जीवन र मृत्यु उहाँकै हातमा छन्,
म कसरी दियाबलसहरू र शैतानसामु झुक्न सक्छु?
भोलि म चाहे बाँचे पनि वा मरे पनि, आकाश खसिआए वा पृथ्वी चर्किगए पनि,
म बस परमेश्वरलाई पछ्याउने छु र आफ्नो कर्तव्य पूरा गर्नेछु,
परमेश्वरको गवाही दिन सत्यता अभ्यास गर्नेछु।
म हिँड्दै गर्दा, मेरो जीवनको मार्ग झन्-झन् उज्यालो हुँदै जान्छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू