Nepali Christian Song | मानिसहरूको पीडाको कारण के हो?

9 मार्च 2026

मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकतालाई नजान्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति बदल्ने व्यर्थको आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, र सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता, र नियतिमा रहेका कुराहरूबाट उम्किन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरू हर मोडमा पछारिन्छन्। तिनीहरूको प्राणको गहिराइमा हुने यो सङ्घर्षले तिनीहरूलाई पीडा दिन्छ, र यो पीडा तिनीहरूको हड्डीमै खोपिन्छ, र उही बेला तिनीहरूलाई आफ्नो जीवन खेर फाल्ने तुल्याउँछ।

यो पीडाको कारण के हो त? मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्‍नो जीवन जिउन रोज्ने तरिकाहरूका कारण यस्तो हुन्छ। कतिपय मानिसहरूले यी कुराहरू अनुभव नगरेका हुन सक्छन्। तर जब तैँले मानव नियतिमाथि परमेश्‍वरले सार्वभौमिकता राख्नुहुन्छ भनेर साँच्चै जान्दछस्, साँच्चै मान्न पुग्छस्, जब तैँले परमेश्‍वरले तेरा लागि सार्वभौमिकता राख्नुहुने र प्रबन्ध गर्नुहुने सबै कुराहरू तेरा लागि अत्यन्तै धेरै फाइदाजनक र सुरक्षात्मक हुन्छ भनी साँच्चै बुझ्छस्, तब तैँले आफ्नो पीडा बिस्तारै हल्‍का भएको अनुभव गर्छस्, र तेरो सम्पूर्ण सारत्व बिस्तारै सहज, स्वतन्त्र र रिहा बन्छ।

मानिसको दुःखान्त भनेको उसले खुसीयालीपूर्ण जीवन पछ्याउँछ भन्ने होइन, उसले ख्याति र प्राप्ति पछ्याउँछ वा कुहिरोभित्र आफ्‍नै नियतिसँग सङ्घर्ष गर्छ भन्ने होइन, बरु उसले सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि, मानव नियतिमाथि सृष्टिकर्ताले नै सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्य जानिसकेपछि, अझै पनि गलत मार्गबाट फर्किन सक्दैन, आफ्‍ना खुट्टाहरूलाई दलदलबाट तान्‍न सक्दैन, बरु आफ्‍नो हृदयलाई कठोर बनाउँछ र आफ्‍ना त्रुटिहरूमै दृढ रहन्छ भन्ने हो। ऊ त बरु हिलोमै लुटपुटिरहन्छ, सृष्टिकर्ताको सार्वभौमिकताविरुद्ध हठी भएर प्रतिस्पर्धा गर्छ, तीतो अन्त्य नआउन्जेल प्रतिरोध गर्छ, अलिकति पछुतोसमेत मान्दैन। जब ऊ टुट्छ र रक्ताम्मे हुन्छ, तब मात्र उसले अन्त्यमा हरेस खाने र पछि फर्कने निर्णय गर्छ। मानिसको साँचो दुःखान्त यही हो। त्यसैले, म भन्छु, समर्पित हुन रोज्नेहरू बुद्धिमान् हुन्, जबकि सङ्घर्ष गर्न र भाग्‍न रोज्नेहरू मूर्ख र जिद्दी हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्