Nepali Christian Song | के तिमीहरूले पवित्र आत्मा बोल्नुभएको सुनेका छौ?

19 जुन 2026

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ, सो कान हुनेले सुनोस्।” के तिमीहरूले अहिले पवित्र आत्माका वचनहरू सुनेका छौ? परमेश्‍वरका वचनहरू तिमीहरूकहाँ आएका छन्। के तिमीहरूले तिनलाई सुनेका छौ? परमेश्‍वरले आखिरी दिनहरूमा वचनको काम गर्नुहुन्छ, यी वचन पवित्र आत्माका वचन हुन्, किनभने परमेश्‍वर पवित्र आत्मा हुनुहुन्छ र उहाँ देह पनि बन्न सक्नुहुन्छ; त्यसैले, विगतमा उल्लेख गरिएका, पवित्र आत्माका वचनहरू आजको देहधारी परमेश्‍वरका वचनहरू हुन्। धेरै मूर्ख मानिसहरू छन् जसले बोल्‍नुहुने पवित्र आत्मा हुनुहुन्छ, त्यसकारण उहाँको आवाज मानिसहरूले सुन्‍ने गरी स्वर्गबाट बोलिनुपर्छ भनी विश्‍वास गर्छन्। यसरी सोच्ने कसैलाई पनि परमेश्‍वरको काम थाहा हुँदैन। वास्तवमा, पवित्र आत्माले बोल्नुभएका वाणी देहधारी हुनुभएका परमेश्‍वरका वाणीहरू नै हुन्।

पवित्र आत्मा मानिससँग सोझै बोल्न सक्नुहुन्न; व्यवस्थाको युगमा पनि यहोवा मानिसहरूसँग सोझै बोल्नुभएन। के आज यस युगमा पनि उहाँले त्यसो गर्ने सम्भावना अत्यन्त कम हुँदैनथ्यो र? काम गर्नका लागि वाणीहरू बोल्‍न, उहाँ देहधारी हुनुपर्छ; नत्र, उहाँको काम यसको लक्ष्य पूरा गर्न सक्षम हुँदैन। देहधारी परमेश्‍वरलाई इन्कार गर्नेहरूले पवित्र आत्मालाई चिन्दैनन् वा परमेश्‍वरले काम गर्ने सिद्धान्तहरू जान्दैनन्।

अहिले पवित्र आत्माको युग हो भनी विश्‍वास गर्ने, तैपनि उहाँको नयाँ कार्य स्वीकार नगर्नेहरू अस्पष्ट र अमूर्त विश्‍वासको माझमा जिउनेहरू हुन्। यस्ता मानिसहरूले पवित्र आत्माको कामलाई कहिल्यै पनि ग्रहण गर्दैनन्। पवित्र आत्मालाई प्रत्यक्ष बोल्न र काम कार्यान्वयन गर्न मात्र आग्रह गर्नेहरू तर देहधारी परमेश्‍वरका काम वा वचनहरूलाई स्वीकार नगर्नेहरू कहिल्यै नयाँ युगमा प्रवेश गर्न सक्षम हुनेछैनन् वा उनीहरूलाई परमेश्‍वरद्वारा पूर्णतः मुक्ति दिइनेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गरेकाहरूले उहाँको प्रकाश कसरी प्राप्‍त गर्न सक्छन्?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्