Nepali Christian Movie Trailer | स्वर्गको राज्यको भोज
13 अगस्ट 2023
चेन मिङ्दे क्याथोलिक पादरी हुन्। उनले क्याथोलिक चर्च दिनदिनै उजाड र अन्धकार बन्दै गएको, अनि बिशपहरू र अन्य पादरीहरूले थ्री-सेल्फ चर्चमा आबद्ध भएर सरकारसँग सम्झौता गरेको देख्छन्। यसले गर्दा उनी साह्रै दुःखी र निराश हुन्छन्। उनले पवित्र आत्माको काम भएको मण्डली चारैतिर खोज्ने क्रममा, अप्रत्याशित रूपले सर्वशक्तिमान् परमेश्वरको सुसमाचारबारे सुन्छन्। सर्वशक्तिमान् परमेश्वरका धेरै वचन पढेपछि, उनले यो परमेश्वरको आवाज हो, र सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर थाहा पाउँछन् र खुसीसाथ उहाँलाई स्विकार्छन्। तर चेङ मिङ्देको अपेक्षाविपरीत, बिशप र अन्य पादरीहरूले यो कुरा थाहा पाएपछि, उनको निन्दा गर्न र उनलाई सर्वशक्तिमान् परमेश्वरलाई स्विकार्न नदिन सक्दो प्रयास गर्छन्। तिनीहरूले उनलाई साँचो मार्गदेखि भगाउन बलजफ्ती प्रयास गर्दै उनले रेखदेख गर्ने मण्डलीमा मानिसहरू पठाएर तोडफोडसमेत गराउँछन्। चेन मिङ्देले बिशप र पादरीहरूको सत्यतालाई घृणा गर्ने, परमेश्वरविरोधी शैतानी रूप देख्छन्, र पादरीको पद त्याग्छन्, क्याथोलिक चर्च छोड्छन्, र सक्रिय भई परमेश्वरको राज्य सुसमाचार सुनाउँदै त्यसको गवाही दिन थाल्छन्। उनले धेरै मानिसहरूलाई सर्वशक्तिमान् परमेश्वरतर्फ फर्कन अगुवाइ गर्छन् र उनी आफैदेखि एकदमै दङ्ग हुन थाल्छन्, र ब्रदर-सिस्टरहरूको प्रशंसा पाउन आफूले कति धेरै काम गरेको छु र कति धेरै कष्ट सहेको छु भन्दै प्रायः आफ्नो प्रदर्शन गर्छन्। उनको अहङ्कारी स्वभाव झन्झनै बढ्दै जान्छ—उनी अभिमानी बन्दै अरूमाथि भाषण छाँट्छन्, आफै कानुन हुँ झैँ जसो गर्छन्, र कुनै पनि सुझाव सुन्दैनन्। परिणामस्वरूप, एउटा भेलामा उनी पक्राउ पर्छन्। कम्युनिस्ट पार्टीले क्रूर यातना दिएपछि र दिमाग सफाइ गर्न खोजेपछि, उनी आत्मचिन्तन गर्न थाल्छन्। उनले परमेश्वरका वचनहरूको प्रकाशमार्फत आफू अत्यन्तै अहङ्कारी र समझहीन रहेछु, आफूले अरूको हृदयमा स्थान खोजिरहेको रहेछु, र आफू ख्रीष्टविरोधी मार्गमा रहेछु भनेर बुझ्छन्। परमेश्वरको न्याय, सजाय र अनुशासन नपाएको भए, उनी निश्चय नै परमेश्वरको विरोध गरेर नाश हुनेथे भन्ने महसुस गर्छन्। चेन मिङ्देले परमेश्वरका वचनहरूको न्याय र धोइपखालीमार्फत केही सत्यता सिक्छन्, र आफ्नो भ्रष्ट स्वभावको केही शुद्धीकरण र रूपान्तरण हासिल गर्छन्। अनि, उनलाई आफूले धेरै कुरा प्राप्त गरेको र आफू स्वर्गको राज्यको भोजमा साँच्चै नै सहभागी भइरहेको महसुस हुन्छ।
अन्य प्रकारका भिडियोहरू