परमेश्‍वरका दैनिक वचनहरू | “विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ” | अंश ३९१

परमेश्‍वरका दैनिक वचनहरू | “विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ” | अंश ३९१

0 |16 सेप्टेम्बर 2020

मानिसले परमेश्‍वरलाई विश्‍वास गर्न थालेदेखि उसले के उपलब्धि प्राप्त गरेको छ? तपाईंले परमेश्‍वरको बारेमा के कुरा जान्‍नुभएको छ? परमेश्‍वरमा विश्‍वास गरेको कारण तपाईं कति हदसम्म परिवर्तन हुनुभएको छ? आज, तपाईंहरू सबैलाई के कुरा थाहा छ भने मानिसले प्राणको मुक्तिको लागि र शरीरको हितको लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्दैन, न त प्रेमिलो परमेश्‍वरद्वारा आफ्नो जीवन समृद्ध पार्न र त्यस्तै इत्यादि कुरा प्राप्त गर्नको लागि मात्रै उसले विश्‍वास गर्छ। यसैले, यदि तपाईंले शरीरको हितको लागि वा क्षणिक सुख-चैनको लागि परमेश्‍वरलाई प्रेम गर्नुभयो र अन्त्यमा परमेश्‍वरप्रतिको तपाईंको प्रेम चरम अवस्थामा पुग्यो अनि तपाईंले उप्रान्त केही माग्‍नुभएन भने पनि, तपाईंले खोज्ने यो प्रेम कलङ्कित र परमेश्‍वरलाई प्रसन्‍न नपार्ने किसिमको प्रेम हुनेछ। आफ्नो सुस्त किसिमको अस्तित्वलाई समृद्ध बनाउन र आफ्नो हृदयको रिक्ततालाई भर्नको लागि परमेश्‍वरको प्रेमलाई प्रयोग गर्ने मानिसहरू जीवनको सहजताको लागि लोभ गर्ने मानिसहरू हुन्, परमेश्‍वरको प्रेमलाई साँचो रूपमा खोज्ने मानिसहरू होइनन्। यस किसिमको प्रेम जबरजस्ती गरिने प्रेम हो, यो मानसिक आनन्दको खोजी मात्रै हो र परमेश्‍वरलाई यसको कुनै आवश्यकता पर्दैन। त्यसो भए, तपाईंको प्रेम कस्तो किसिमको प्रेम हो? के कुराको लागि तपाईं परमेश्‍वरलाई प्रेम गर्नुहुन्छ? तपाईंभित्र अहिले परमेश्‍वरप्रतिको साँचो प्रेम कति छ? तपाईंहरूमध्ये धेरैको प्रेम यसभन्दा पहिले उल्लेख गरिएको किसिमको प्रेम नै हो। त्यस किसिमको प्रेमले वर्तमान-स्थितिलाई मात्रै कायम राख्‍नसक्छ; यसले कुनै पनि स्थायित्व प्राप्त गर्न सक्दैन, न त यसले मानिसमा जरा नै लगाउन सक्छ। यस किसिमको प्रेम फुलेर पनि फल नफलाई ओइलाएर जाने फूल जस्तो हो। अर्को शब्दमा भन्दा, तपाईंले परमेश्‍वरलाई यस किसिमले प्रेम गरिसक्‍नुभएको छ, र तपाईंलाई अगाडि बाटोमा डोर्‍याउने कोही पनि छैन भने, तपाईं पतन भएर जानुहुनेछ। यदि तपाईंले परमेश्‍वर प्रेमिलो हुनुभएको समयमा मात्रै परमेश्‍वरलाई प्रेम गर्नुहुन्छ तर त्यसपछि तपाईंको आचरण परिवर्तन हुँदैन भने, तपाईं अन्धकारको प्रभावको कफनबाट बाहिर निस्केर आउने अवस्थामा रहनुहुनेछैन, तपाईं शैतानको बन्धन र यसको चलाकीहरूलाई तोड्न नसक्‍ने अवस्थामा रहनुहुनेछ। यस किसिमको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले लिनुहुनेछैन; आखिरमा, तिनीहरूको आत्मा, प्राण, र शरीर शैतानको हातमा पर्नेछ। यसको बारेमा कुनै शङ्का हुन सक्दैन। परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गर्न नसक्‍ने मानिसहरू तिनीहरूको सुरुको अवस्थामा नै फर्कनेछन्, अर्थात् शैतानको हातमा फर्कनेछन्, र तिनीहरू परमेश्‍वरको अर्को चरणको दण्ड भोग्‍नका लागि आगो र गन्धकको खाडलमा पर्नेछन्। परमेश्‍वरले प्राप्त गरेका मानिसहरू तिनीहरू नै हुन् जसले शैतानलाई त्यागेका छन् र त्यसको राज्यक्षेत्रबाट उम्केका छन्। तिनीहरूलाई आधिकारिक रूपमा नै परमेश्‍वरको राज्यका मानिसहरूका बीचमा थपिन्छ। यसरी राज्यका मानिसहरूको निर्माण हुन्छ। के तपाईं यस किसिमको व्यक्ति बन्‍न इच्छुक हुनुहुन्छ? के तपाईं परमेश्‍वरद्वारा प्राप्त गरिन चाहनुहुन्छ? के तपाईं शैतानको राज्यक्षेत्रबाट निस्केर परमेश्‍वरकहाँ फर्केर आउन चाहनुहुन्छ? तपाईं अहिले शैतानको स्वामित्वमा हुनुहुन्छ कि राज्यका मानिसहरूमध्येका एक हुनुहुन्छ? यस्ता कुराहरू पहिले नै स्पष्ट हुनुपर्छ, र यसको लागि कुनै थप व्याख्याको आवश्यकता पर्दैन।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्