Christian Movie Trailer | घातक अज्ञानता (Nepali Subtitles)

9 मे 2021

झेङ्ग मुएना संयुक्त राज्य अमेरिकामा रहेको एक चिनियाँ इसाई मण्डलीका सहकर्मी हुन्, उनले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छन्, र प्रभुको लागि उत्साहका साथ काम गर्छन् र समर्पित भएर लागिपर्छन्। एक दिन, उनकी अन्टीले प्रभु येशू सत्यता व्यक्त गर्न र आखिरी दिनहरूमा मानिसलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्न आइसक्‍नुभएको छ भनेर उनलाई गवाही दिन्छिन्, जुन खबरले उनलाई अत्यन्तै उत्साहित तुल्याउँछ। सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढिसकेपछि र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका चलचित्र र भिडियोहरू हेरिसकेपछि, झेङ्ग मुएनाको हृदयले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने निश्‍चित गर्छ, त्यसकारण उनले तिनका दाजुभाइ-दिदीबहिनीहरूसँग परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा अनुसन्धान गर्न थाल्छन्। तर जब उनको मण्डलीका अगुवा पाष्टर माले यो कुरा थाहा पाउँछन्, तब तिनले झेङ्ग मुएनालाई बारम्‍बार हस्तक्षेप गरेर रोक्‍ने प्रयास गर्छन्। उनले झेङ्ग मुएनालाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्‍ने प्रयास गर्दै पूर्वीय ज्योतिलाई निन्दा गर्ने र दोष दिने चिनियाँ कम्युनिस्ट पार्टीको सरकारको प्रचारबाजी भिडियो देखाउँछन्, र यो भिडियोले झेङ्ग मुएनालाई अत्यन्तै अन्योलमा पार्छ: उनले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता र परमेश्‍वरका आवाज हुन भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छन्, तर किन धार्मिक संसारका पाष्टर र एल्डरहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई दोषी ठहराउँछन् त? तिनीहरूले आफै खोजी वा अनुसन्धान गर्न इन्कार मात्रै गर्दैनन्, बरु तिनीहरूले त अरूलाई साँचो मार्गको स्वीकार गर्नबाट रोक्‍ने प्रयास गर्छन्। किन यस्तो भयो त? … झेङ्ग मुएना छलमा पर्ने र गलत मार्ग लिने कुराको डर मान्छन्, तर उठाई लगिने आफ्नो मौका गुमाउने बारेमा पनि डर मान्छन्। उनको सङ्घर्ष र अन्योलताको बीचमा, पाष्टर माले चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारका थप नकरात्मक प्रचारबाजी सामग्रीहरूप्रस्तुत गर्छन्, र यसले झेङ्ग मुएनाको हृदयमा थप शङ्का पैदा गर्छ। उनले पाष्टर माको कुरा सुन्‍ने र साँचो मार्गको अनुसन्धान गर्ने कार्यलाई त्याग्‍ने निर्णय गर्छन्। पछि, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका साक्षीहरूको गवाही र सङ्गति सुनिसकेपछि, झेङ्ग मुएनाले के कुरा बुझ्छन् भने, साँचो मार्गको अनुसन्धान गर्ने क्रममा पछ्याउनुपर्ने, सबैभन्दा आधारभूत सिद्धान्त भनेको उक्त मार्गमा सत्यता छ कि छैन र यसले परमेश्‍वरको आवाज व्यक्त गर्छ कि गर्दैन सो निर्धारण गर्नु हो। धेरै सत्यता व्यक्त गर्न सक्‍ने जोकोही देखा पर्नुभएको ख्रीष्‍ट हुन सक्छ, किनभने भ्रष्ट मानवजातिको कुनै पनि सदस्यले कहिल्यै सत्यता व्यक्त गर्न सक्दैन। यो निर्विवाद तथ्य हो। साँचो मार्गको अनुसन्धान गर्ने क्रममा व्यक्तिले परमेश्‍वरको आवाजलाई सुन्‍ने कुरामा ध्यान दिँदैन, बरु आफ्नो कल्‍पनाको आधारमा प्रभु येशू सेतो बादलको सवारीमा ओर्लनुहुनेछ भनेर प्रतीक्षा गर्छ भने, तिनीहरूले देखा पर्नुभएको परमेश्‍वरलाई कहिल्यै स्वागत गर्न सक्‍नेछैनन्। झेङ्ग मुएनाले अन्त्यमा प्रभु येशूले बताउनुभएको बुद्धिमती कन्याहरूले परमेश्‍वरको आवाज सुनेको घटनाको रहस्यलाई बुझ्छन्, चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक संसारका पाष्टर र एल्डरहरूका झूट र हास्यास्पद सिद्धान्तहरूमा उप्रान्त विश्‍वास नगर्ने, र उनको धार्मिक पाष्टरका बन्धन र सीमाहरूलाई तोडेर उम्‍कने निर्णय गर्छन्। झेङ्ग मुएनाले साँचो मार्गको अनुसन्धान गर्नुको कठिनाइलाई गहन रूपमा अनुभव गर्छन्। असल-खराब छुट्याउने क्षमता वा सत्यताको खोजीविना, परमेश्‍वरको आवाज सुन्‍ने वा परमेश्‍वरको सिंहासनअघि उठाइ लैजाने कुनै उपाय हुँदैन। यसको सट्टा, व्यक्तिलाई शैतानले धोकामा पार्न र नियन्त्रण गर्न मात्र सक्छ र ऊ शैतानको जालमा मर्न सक्छ, जसले बाइबलका यी वचनहरूलाई पूर्ण रूपमा पूरा गर्छ, “ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्” (होशे ४:६)। “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्