Christian Dance | ब्रह्माण्ड परमेश्‍वरको प्रशंसाले गुञ्जिन्छ | Praise Song | २०२६ स्तुतिका स्वरहरू

17 जनवरी 2026

कति धेरै गीत, कति सुन्दर नाचहरू—ब्रह्माण्ड हर्षको उर्लंदो सागर बनेको छ!

ताराहरू उफ्रन्छन्, चन्द्रमा मुस्कुराउँछ, ब्रह्माण्ड प्रशंसाले भरिपूर्ण छ;

हामी हर्षले जयजयकार गर्छौँ र उफ्रन्छौँ!

सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टले

सत्यता व्यक्त गर्नुभएको छ, सबै राष्ट्र र सम्प्रदायहरूलाई हल्लाउनुभएको छ।

परमेश्‍वरका चुनिएका मानिसहरू उहाँको आवाज सुन्छन्,

एक भई आराधना गर्न उहाँको सिंहासनसामु फर्कन्छन्।

सियोनमा, परमेश्‍वर सम्पूर्ण ब्रह्माण्डतर्फ हेर्नुहुन्छ,

र उहाँको धार्मिकता र पवित्रता प्रकट गर्नुहुन्छ।

परमेश्‍वरका सबै मानिस हर्षले भरिएका छन्, उहाँको निरन्तर प्रशंसा गरिरहेका छन्।

परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्! हल्लेलुयाह!

परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्!

परमेश्‍वरलाई प्रेम गर्न, हामीले हाम्रो कर्तव्य पूरा गर्नैपर्छ र परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नैपर्छ।

हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूका हृदयहरू घनिष्ठ रूपमा जोडिएका छन्,

र पुरुष र स्त्री, बालक र वृद्ध—सबै एक भई परमेश्‍वरको प्रशंसा गर्छन्।

तिमी गीत चढाउँछौ र म नाच चढाउँछु; तिमी परमेश्‍वरको गवाही दिन्छौ र म सहकार्य गर्छु।

हामी दियाबलस, ठूलो रातो अजिङ्गरलाई लज्जित पार्छौँ,

र सर्वशक्तिमान्‌ परमेश्‍वरको नाउँलाई महिमित तुल्याउँछौँ।

हामी सबैले परमेश्‍वरको काममार्फत उहाँको धर्मी स्वभाव देखेका छौँ।

परमेश्‍वरका सबै मानिसले उहाँको महिमित मुहार देखेका छन्,

र सबैले उहाँलाई प्रेम गर्न र उहाँलाई सन्तुष्ट पार्न पछ्याउँछन्।

हामी परमेश्‍वरप्रति अनन्तसम्म बफादार हुन इच्छुक छौँ।

परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्! हल्लेलुयाह!

परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्!

परमेश्‍वर पृथ्वीमा महिमा प्राप्त गर्नुहुन्छ,

र सबै राष्ट्र अनि परमेश्‍वरका सबै मानिस एकसाथ रमाउँछन्।

राज्यको जीवन कति सुन्दर छ!

नयाँ आकाश, नयाँ पृथ्वी, नयाँ राज्य।

हामी परमेश्‍वरका लागि नाच्छौँ र नयाँ गीतहरू गाउँछौँ—यो कति ठूलो हर्ष हो।

सबैभन्दा सुन्दर गीतहरू परमेश्‍वरका लागि गाइन्छन्,

सबैभन्दा सुन्दर नाचहरू परमेश्‍वरलाई चढाइन्छन्।

हामी हाम्रो साँचो हृदय परमेश्‍वरलाई चढाउँछौँ, र उहाँलाई शुद्ध रूपमा र इमानदारीपूर्वक प्रेम गर्छौँ।

परमेश्‍वरका सबै मानिस र यावत् थोकले उहाँको सदा प्रशंसा गर्नेछन्, कहिल्यै रोकिनेछैनन्!

परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्! हल्लेलुयाह!

परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्!

ओह सियोन, ओह सियोन, कति ठूलो महिमा! परमेश्‍वरको वासस्थान महिमा साथ चम्कन्छ,

सम्पूर्ण ब्रह्माण्ड महिमित ज्योतिले भरिइरहेको छ।

सर्वशक्तिमान्‌ परमेश्‍वर मुस्कानका साथ ब्रह्माण्डको नयाँ रूपलाई हेर्दै,

आफ्नो सिंहासनमा विराजमान हुनुहुन्छ।

परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्! हल्लेलुयाह!

परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्, परमेश्‍वरको प्रशंसा होस्!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्