Nepali Christian Movie Trailer | नानी, घर फर्केर आऊ
3 मार्च 2024
ली क्षिङ्गुवाङ्ग हाई स्कूलका सिनियर विद्यार्थी हो। सानैदेखि ऊ समझदार र शिष्ट थियो। उसका आमाबाबु र शिक्षकहरूले उनलाई माया गर्थे। मिडिल स्कूलमा पुगेपछि, ऊ इन्टरनेटमा खेलिने कम्प्युटर गेमको लतमा पर्यो। उसले इन्टरनेट क्याफेमा जानको लागि बारम्बार कक्षाबाट भाग्ने गर्छ। उसको गेमको लत छोडाउको लागि उसको आमाबुबाले सक्दो प्रयास गरे। दुःखको कुरा, क्षिङ्गुवाङ्गको लत झन्-झन् बिग्रँदै गयो। ऊ असहाय भयो र बिस्तारै समस्याग्रस्त केटो भन्यो। … जब ली क्षिङ्गुवाङ्गका आमाबुबालाई आफूहरूले केही गर्न नसक्ने अवस्थामा पुगेको अनुभव गरे, तब उनीहरूले परमेश्वरले मानिसहरूलाई बचाउन सक्नुहुन्छ, गेमको लतबाट मुक्त गर्न र शैतानको भ्रष्टताबाट छुटकारा दिन सक्नुहुन्छ भन्ने सुने। परिणामस्वरूप, तिनीहरूले परमेश्वरमा विश्वास गर्ने निर्णय गरे र आफ्नो छोरालाई परमेश्वरले बचाउनुहुन्छ भनेर आशा गरे। परमेश्वरका वचनहरूबाट, उनीहरूले मानवजातिको भ्रष्टता र नैतिक पतनको स्रोतको बारेमा बुझे। उनीहरूले मानिसको अन्धकार र दुष्टताको सत्यतालाई देखे र परमेश्वरले मात्रै मानिसहरूलाई बचाउन र शैतानको भ्रष्टता र पिरलोबाट मुक्त गर्न सक्नुहुन्छ भन्ने कुरा बुझे। क्षिङ्गुवाङ्गले परमेश्वरमा विश्वास गर्ने र सत्यतालाई बुझ्ने काम मात्र गर्नुपर्थ्यो, र ऊ आफ्नो गेमको लतबाट मुक्त हुन सक्थ्यो। परिणामस्वरूप, उनीहरूले क्षिङ्गुवाङ्गलाई सुसमाचार सुनाए र क्षिङ्गुवाङ्गलाई परमेश्वरका वचनहरू पढ्न अगुवाइ गरे। उनीहरूले परमेश्वरसँग प्रार्थना गरे र आफ्नो छोरालाई बचाउन र गेमको लतबाट मुक्त हुन उसलाई सहायता गर्न उहाँलाई बिन्ती गरे। … एउटा झगडापछि, क्षिङ्गुवाङ्गले परमेश्वरसँग प्रार्थना गर्न र परमेश्वरमा भरोसा गर्न थाल्यो। परमेश्वरका वचनहरूको अगुवाइमा, उसले बल्ल आफ्नो गेमको लतलाई तोड्न र आफूलाई शैतानको भ्रष्टता र पिरलोबाट मुक्त गर्न सक्यो। आशाविहीन रूपमा इन्टरनेट गेम र इन्टरनेट क्याफेमा भुलेको यो छोरा अन्तत: घर फर्केर आयो!
अन्य प्रकारका भिडियोहरू