Nepali Sermon Series: Seeking True Faith | जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?
3 अगस्ट 2023
आखिरी दिनहरूमा, मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन सर्वशक्तिमान परमेश्वर आउनुभएको छ र सत्यताहरू व्यक्त गरिरहनुभएको छ। वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकलाई संसारको लागि अनलाइन राखिएपछि, सबै ठाउँका मानिसहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने देखेका छन् र परमेश्वरको आवाज सुनेका छन्। सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने कुरामा तिनीहरू निश्चित छन् र उहाँलाई खुशीसाथ स्वीकार गर्छन्। तिनीहरूले हरेक दिन परमेश्वरका वचनहरू खाने र पिउने गर्छन् र यसबाट परमेश्वरका वचनहरूको सिंचन र भरण-पोषण प्राप्त गरिरहेका छन्। तिनीहरूको विश्वासमा वृद्धि हुन्छ र तिनीहरू सर्वशक्तिमान् परमेश्वरको नाम फैलाउन हतार गर्छन्। तैपनि, कतिपय मानिसहरूले सर्वशक्तिमान् परमेश्वरलाई साधारण व्यक्तिको रूपमा हेर्छन्, र उहाँलाई येशू नभनिएको र उहाँको नाम बाइबलमा उल्लेख नगरिएको हुनाले, अनि उहाँ येशूको आत्मिक रूपमा देखा नपर्नुभएकोले सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर स्वीकार गर्दैनन्। यसैले, तिनीहरूले अझै प्रभुलाई स्वागत गरेका छैनन्, र विपत्तिहरूमा परेका छन्। यो कस्तो दयनीय कुरा हो! त्यसकारण, जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू भनिनेछ? साँचो विश्वासको खोजीको यो भागमा, हामी मिलेर सत्यताको खोजी गर्नेछौं र उत्तर पत्ता लगाउनेछौं।
अन्य प्रकारका भिडियोहरू