Christian Dance | परमेश्वरले आफ्नो महिमा पूर्व ल्याउनुभएको छ | Praise Song
22 जुन 2025
मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, यसरी मैले इस्राएलीहरूलाई, र सारा मानिसलाई पूर्वतिर पनि ल्याएँ, तिनीहरू सबैलाई ज्योतिमा ल्याएँ, ताकि तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस्, तिनीहरू यससँगै संलग्न होऊन् र तिनीहरूले उपरान्त खोज्न नपरोस्। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्ने, मसँग इस्राएलमा भएको महिमा देख्ने, तिनीहरूलाई लामो समयअघि नै म मानवजातिमाझ सेतो बादलमा ओर्लेको कुरा देख्ने, र तिनीहरूलाई सेता बादलहरूका गुच्छा र झुप्पा-झुप्पा प्रशस्त फलहरू देख्ने तुल्याउनेछु। यसभन्दा पनि बढी, म तिनीहरूलाई इस्राएलको यहोवा परमेश्वर देख्ने, यहूदीहरूको “मालिक”, प्रतीक्षा गरिएको मसीह, र सारा युगभरि राजाहरूद्वारा सताइएको मेरो पूर्ण देखापराइ देख्ने तुल्याउनेछु। म सारा ब्रह्माण्डभरि काम गर्नेछु र महान् काम निर्वाह गर्नेछु, र आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कार्य मानिसलाई प्रकट गर्नेछु, अनि मलाई वर्षौँदेखि प्रतीक्षा गरिरहेकाहरूलाई, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म फेरि देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई मेरो सारा महिमित मुहार देखाउनेछु, ताकि मैले मेरो महिमा धेरै पहिले नै लिएको छु र मैले यसलाई पूर्वतिर ल्याएको छु, र यो अब यहूदियामा छैन भन्ने कुरा सबैले जानून्, किनभने आखिरी दिनहरू आइसकेका छन्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी
अन्य प्रकारका भिडियोहरू