Nepali Christian Movie | कम्युनिष्टवादका झूटहरू
22 जुलाई 2025
इसाई चलचित्र, कम्युनिष्टवादका झूटहरू चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले इसाईहरूको विरुद्धमा चलाएको दिमाग-सफाइ कार्यक्रमको सटीक प्रस्तुति हो। झाङ्ग मिङ्गदाओ र अरू सात जना इसाईहरूलाई पक्राउ गरिसकेपछि, चिनियाँ कम्युनिष्ट पार्टीका प्रहरीहरूले तिनीहरूको विरुद्धमा क्रूर, अमानवीय यातना लागू गर्छन्। तिनीहरू परमेश्वरमा नै भरोसा गर्छन् र दह्रिलो गरी साक्षीको रूपमा खडा हुन्छन्। तिनीहरूलाई परमेश्वरलाई धोका दिने स्वीकारपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाउन, चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरू, सामाजिक विज्ञान एकेडेमीका प्राध्यापक, प्रहरी एकेडेमी प्रशिक्षकहरू, मनोवैज्ञानिक, र पाष्टरहरूले पालैपालो प्रयास गर्छन्: आठ जना इसाईहरूको दिमाग-सफाइ गर्नको लागि तिनिहरूले नास्तिकता, भौतिकतावाद, विज्ञान, परम्परागत चिनियाँ संस्कृति, र हरप्रकारका हल्ला र झूटहरूको प्रयोग गर्छन्। हतियारविनाको यो युद्धमा, झाङ्ग मिङ्गदाओ र अरूले परमेश्वरमा भरोसा गर्छन् र चिनियाँ कम्युनिष्ट पार्टीको सरकारविरुद्धको तीव्र युद्धमा सत्यताको प्रयोग गर्छन्…। अन्त्यमा, सत्यताले झूटलाई जित्छ, र न्यायले दुष्टतामाथि विजय हासिल गर्छ।
अन्य प्रकारका भिडियोहरू