Nepali Christian Song | म एक सानो सृजित प्राणी मात्र हुँ

26 नोभेम्बर 2026

१

परमेश्‍वर! चाहे मसँग हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने, यो तपाईँले उचाल्नुभएकोले हो, र तुच्छ छ भने, यो तपाईँको पूर्वनियोजनले गर्दा हो। सबथोक तपाईँकै हातमा छ। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी जातिहरूमाझ जन्मन्छु भनी तपाईँले नै पूर्वनियोजन गर्नुभयो, र मैले गर्न सक्ने भनेको तपाईँको प्रभुत्वअन्तर्गत पूर्ण रूपमा समर्पित हुनु मात्र हो, किनकि सबै कुरा तपाईँले पूर्वनियोजन गर्नुभएको हो।

२

म हैसियतको बारेमा विचार गर्दिनँ; म एक सृजित प्राणीबाहेक केही होइन। यदि तपाईँले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक सृजित प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईँले मलाई प्रयोग गर्नुभयो भने, म एक सृजित प्राणी हुँ। यदि तपाईँले मलाई सिद्ध पार्नुभयो भने पनि म सृजित प्राणी नै हुँ। यदि तपाईँले मलाई सिद्ध पार्नुभएन भने, म अझै पनि तपाईँलाई प्रेम गर्नेछु, किनकि म केवल सृजित प्राणी हुँ।

३

म सृष्टिकर्ताको एक झिनोमसिनो सृजित प्राणी मात्र हुँ, सारा सृजित मानवमध्ये एक जना मात्र हुँ। तपाईँले नै मलाई सृष्टि गर्नुभयो, र अब मलाई तपाईँको इच्छाअनुसार जेसुकै गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईँको औजार र प्रतिभार बन्न इच्छुक छु, किनकि सबथोक तपाईँले नै पूर्वनियोजित गर्नुभएको हो र तिनलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै कामकुरा र सबै घटनाहरू तपाईँकै हातमा छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्