Christian Song | परमेश्वरका निम्ति एउटा बफादार हृदय | २०२६ स्तुतिका स्वरहरू
14 जनवरी 2026
१
हे परमेश्वर! मेरो जीवन तपाईँका लागि त्यति मूल्यवान् नभए पनि म यो तपाईँलाई समर्पण गर्न चाहन्छु। मानिसहरू तपाईँलाई प्रेम गर्न अयोग्य भए पनि, र उनीहरूको हृदय र प्रेम मूल्यहीन भए पनि, म तपाईँलाई मानिसहरूका अभिप्रायहरू थाहा छ भनी म विश्वास गर्दछु। अनि मानिसहरूको देह तपाईँको स्वीकृतिअनुरूप नभए पनि, म तपाईँ मेरो हृदयलाई स्वीकार गरिदिनुहोस् भन्ने चाहन्छु। म मेरो सम्पूर्ण हृदय परमेश्वरलाई समर्पण गर्न इच्छुक छु। म परमेश्वरका लागि कुनै पनि कुरा गर्न असक्षम भएता पनि, म परमेश्वरलाई बफादारीपूर्वक सन्तुष्ट पार्न र उहाँका लागि एउटै हृदय र मन राख्न इच्छुक छु। म परमेश्वरले मेरो हृदयलाई पक्कै छानबिन गर्नुहुन्छ भन्ने विश्वास गर्दछु।
२
हे परमेश्वर! म मेरो जीवनमा केही पनि माग्दिनँ तर परमेश्वरका लागि मेरा प्रेमका सोचहरू र मेरो हृदयको चाहना उहाँबाट स्वीकृत होऊन् भन्ने माग्छु। म निकै लामो समयदेखि परमेश्वरसँगै थिएँ, तैपनि मैले उहाँलाई कहिल्यै प्रेम गरिनँ; त्यो नै मेरो सबैभन्दा ठूलो ऋण हो। म उहाँसँगै रहे पनि, म उहाँलाई चिन्दिनँथिएँ र मैले उहाँको पिठ्यूँपछाडि केही अनुचित कुराहरू समेत भनेको थिएँ। यी कुराहरू सोच्दा मलाई परमेश्वरप्रति झन् धेरै ऋणी भएको महसुस हुन्छ। म धुलोभन्दा पनि कम छु। म यस बफादार हृदयलाई परमेश्वरमा समर्पण गर्नु बाहेक केही गर्न सक्दिनँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू