Christian Song | परमेश्वरका निम्ति एउटा बफादार हृदय | २०२६ स्तुतिका स्वरहरू
14 जनवरी 2026
१
हे परमेश्वर! मेरो जीवन तपाईँका लागि त्यति मूल्यवान् नभए पनि म यो तपाईँलाई समर्पण गर्न चाहन्छु। मानिसहरू तपाईँलाई प्रेम गर्न अयोग्य भए पनि, र उनीहरूको हृदय र प्रेम मूल्यहीन भए पनि, म तपाईँलाई मानिसहरूका अभिप्रायहरू थाहा छ भनी म विश्वास गर्दछु। अनि मानिसहरूको देह तपाईँको स्वीकृतिअनुरूप नभए पनि, म तपाईँ मेरो हृदयलाई स्वीकार गरिदिनुहोस् भन्ने चाहन्छु। म मेरो सम्पूर्ण हृदय परमेश्वरलाई समर्पण गर्न इच्छुक छु। म परमेश्वरका लागि कुनै पनि कुरा गर्न असक्षम भएता पनि, म परमेश्वरलाई बफादारीपूर्वक सन्तुष्ट पार्न र उहाँका लागि एउटै हृदय र मन राख्न इच्छुक छु। म परमेश्वरले मेरो हृदयलाई पक्कै छानबिन गर्नुहुन्छ भन्ने विश्वास गर्दछु।
२
हे परमेश्वर! म मेरो जीवनमा केही पनि माग्दिनँ तर परमेश्वरका लागि मेरा प्रेमका सोचहरू र मेरो हृदयको चाहना उहाँबाट स्वीकृत होऊन् भन्ने माग्छु। म निकै लामो समयदेखि परमेश्वरसँगै थिएँ, तैपनि मैले उहाँलाई कहिल्यै प्रेम गरिनँ; त्यो नै मेरो सबैभन्दा ठूलो ऋण हो। म उहाँसँगै रहे पनि, म उहाँलाई चिन्दिनँथिएँ र मैले उहाँको पिठ्यूँपछाडि केही अनुचित कुराहरू समेत भनेको थिएँ। यी कुराहरू सोच्दा मलाई परमेश्वरप्रति झन् धेरै ऋणी भएको महसुस हुन्छ। म धुलोभन्दा पनि कम छु। म यस बफादार हृदयलाई परमेश्वरमा समर्पण गर्नु बाहेक केही गर्न सक्दिनँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने
अन्य प्रकारका भिडियोहरू