Nepali Christian Skit | परमेश्वरको नयाँ नाम | When the Lord Returns, Will He Still Be Called Jesus?
30 नोभेम्बर 2024
शु शिन एउटा घर-मण्डलीको कार्यकर्ता हुन् जसले प्रभुको पुनरागमनको निम्ति सधैँ जोशिलो भएर खोजी गरिरहेकी छिन् र तिर्सना गरिरहेकी छिन्। एक दिन, तिनकी भतिजीले जब प्रभुको पुनरागमन हुन्छ तब उहाँले नयाँ नाउँ लिनुहुनेछ र परमेश्वरको नयाँ नाउँ स्वीकार गर्नेहरू मात्रै परमेश्वरको सिंहासनको सामु उचालिनेछन् तिनलाई भनी गवाही दिइन्। तिनले यो गवाही प्रकाशको पुस्तकको निम्न अगमवाणीको आधारमा दिइन्: “जसले जित्छ उसलाई मैले मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्वरको नाउँ र मेरो परमेश्वरको सहरको नाउँ लेख्नेछु, … र म उसमा मेरो नयाँ नाउँ लेख्नेछु” (प्रकाश ३:१२)। तथापि, शु शिनले येशूको नाउँ कहिल्यै परिवर्तन हुनेछैन र जब प्रभु येशूको पुनरागमन हुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ भनी विश्वास गर्छिन्। यसले तिनीहरू दुवै जनालाई वाद-विवादमा पुर्याउँछ। तिनीहरूको वाद-विवादबाट के परिणाम निस्कियो त? के प्रभु येशूको पुनरागमनमा उहाँले साँच्चि नै नयाँ नाउँ लिनुहुनेछ त? यो पत्ता लगाउन लघु-नाटक परमेश्वरको नयाँ नाम हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू