Christian Song | परमेश्वरका भेडाहरूले उहाँको आवाज सुन्छन्
22 जुन 2021
ती दिनहरू समाप्त हुनेछन्; यस संसारमा भएका सबै थोक समाप्त हुनेछन्,
र सबै कुरा नयाँ गरी जन्मनेछन्।
यो याद राख्! नबिर्सी! कुनै अस्पष्टता हुन सक्दैन!
स्वर्ग र पृथ्वी बितेर जानेछ, तर परमेश्वरका वचनहरू रहिरहनेछन्!
उहाँले एकचोटि फेरि तिमीहरूलाई सल्लाह दिनुहुन्छ:
व्यर्थमा नदगुर! बिउँझ! पश्चात्ताप गर, र मुक्ति नजिकै छ!
परमेश्वर पहिले नै तिमीहरूको बीचमा देखा पर्नुभएको छ, र परमेश्वरको आवाज उठेको छ।
पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ,
जसको कान छ, तिनीहरूले सुन्नुपर्छ!
जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ।
केवल उहाँका वचनहरू खा र पि, र तिनलाई शङ्का नगर्।
जो-जो अधीनमा बस्छन् र उहाँका वचनहरू सुन्छन् तिनीहरूले ठूला आशिषहरू पाउनेछन्!
परमेश्वरको आवाज उठेको छ; प्रत्येक दिन ताजा र नयाँ हुन्छ।
तैंले परमेश्वरलाई देख्छस् र परमेश्वरले तँलाई देख्नुहुन्छ; उहाँले तँसँग निरन्तर कुरा गर्नुहुन्छ।
तैपनि, तैँले उहाँलाई स्वीकार गर्दैनस् र उहाँलाई चिन्दैनस्।
परमेश्वरका भेडाहरूले उहाँको आवाज सुन्छन्, तर अझै तिमीहरू हिचकिचाउँछौ!
तिमीहरूको हृदय बोधो भएको छ, तिमीहरूका आँखाहरूलाई शैतानले अन्धो बनाएको छ,
र तिमीहरू परमेश्वरका महिमित अनुहार देख्न सक्दैनौ—
तिमीहरू कति दयनीय छौ! कस्तो दयनीय! परमेश्वरका भेडाहरूले उहाँको आवाज सुन्छन्।
परमेश्वरको सिंहासनको सामनेका सातवटा आत्मालाई पृथ्वीका सबै कुनामा पठाइएका छन्
र परमेश्वरले उहाँको सन्देशवाहकलाई मण्डलीहरूसँग बोल्न पठाउनुहुन्छ।
उहाँ धर्मी र विश्वासयोग्य हुनुहुन्छ;
उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले मानिसको हृदयका अन्तस्करणहरूलाई जाँच गर्नुहुन्छ।
पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ,
जसको कान छ, तिनीहरूले सुन्नुपर्छ!
जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ।
केवल उहाँका वचनहरू खा र पि, र तिनलाई शङ्का नगर्।
जो-जो अधीनमा बस्छन् र उहाँका वचनहरू सुन्छन् तिनीहरूले ठूला आशिषहरू पाउनेछन्!
जो कसैले गम्भीरतासाथ परमेश्वरको मुहारको खोजी गर्छन्
नयाँ प्रकाश र नयाँ अन्तर्दृष्टिहरू प्राप्त गर्नेछन्
उहाँका वचनहरू तँकहाँ कुनै पनि समयमा देखा पर्नेछ, र तिनले तेरो आत्माको आँखा खोल्नेछन्,
तैँले आत्मिक क्षेत्रका रहस्यहरू देख्नेछस्
राज्यलाई मानिसको बीचमा आएको देख्नेछस्।
शरण स्थानमा प्रवेश गर्, र सबै अनुग्रह र आशिषहरू तँमाथि आउनेछ;
अनिकाल र महामारीले तँलाई छुन सक्नेछैन,
र ब्वाँसाहरू, सर्पहरू, बाघहरू र चितुवाहरूले तँलाई हानि गर्न सक्नेछैनन्।
तँ परमेश्वरको साथमा जानेछस्, उहाँसँग हिँड्नेछस्, र महिमामा एकसाथ प्रवेश गर्नेछस्!
पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ,
जसको कान छ, तिनीहरूले सुन्नुपर्छ!
जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ।
केवल उहाँका वचनहरू खा र पि, र तिनलाई शङ्का नगर्।
जो-जो अधीनमा बस्छन् र उहाँका वचनहरू सुन्छन् तिनीहरूले ठूला आशिषहरू पाउनेछन्!
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू