Christian Song | परमेश्‍वरका भेडाहरूले उहाँको आवाज सुन्छन्

22 जुन 2021

ती दिनहरू समाप्त हुनेछन्; यस संसारमा भएका सबै थोक समाप्त हुनेछन्,

र सबै कुरा नयाँ गरी जन्मनेछन्।

यो याद राख्! नबिर्सी! कुनै अस्पष्टता हुन सक्दैन!

स्वर्ग र पृथ्वी बितेर जानेछ, तर परमेश्‍वरका वचनहरू रहिरहनेछन्!

उहाँले एकचोटि फेरि तिमीहरूलाई सल्लाह दिनुहुन्छ:

व्यर्थमा नदगुर! बिउँझ! पश्चात्ताप गर, र मुक्ति नजिकै छ!

परमेश्‍वर पहिले नै तिमीहरूको बीचमा देखा पर्नुभएको छ, र परमेश्‍वरको आवाज उठेको छ।

पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ,

जसको कान छ, तिनीहरूले सुन्नुपर्छ!

जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ।

केवल उहाँका वचनहरू खा र पि, र तिनलाई शङ्का नगर्।

जो-जो अधीनमा बस्छन् र उहाँका वचनहरू सुन्छन् तिनीहरूले ठूला आशिषहरू पाउनेछन्!

परमेश्‍वरको आवाज उठेको छ; प्रत्येक दिन ताजा र नयाँ हुन्छ।

तैंले परमेश्‍वरलाई देख्छस् र परमेश्‍वरले तँलाई देख्नुहुन्छ; उहाँले तँसँग निरन्तर कुरा गर्नुहुन्छ।

तैपनि, तैँले उहाँलाई स्वीकार गर्दैनस् र उहाँलाई चिन्दैनस्।

परमेश्‍वरका भेडाहरूले उहाँको आवाज सुन्छन्, तर अझै तिमीहरू हिचकिचाउँछौ!

तिमीहरूको हृदय बोधो भएको छ, तिमीहरूका आँखाहरूलाई शैतानले अन्धो बनाएको छ,

र तिमीहरू परमेश्‍वरका महिमित अनुहार देख्न सक्दैनौ—

तिमीहरू कति दयनीय छौ! कस्तो दयनीय! परमेश्‍वरका भेडाहरूले उहाँको आवाज सुन्छन्।

परमेश्‍वरको सिंहासनको सामनेका सातवटा आत्मालाई पृथ्वीका सबै कुनामा पठाइएका छन्

र परमेश्‍वरले उहाँको सन्देशवाहकलाई मण्डलीहरूसँग बोल्न पठाउनुहुन्छ।

उहाँ धर्मी र विश्‍वासयोग्य हुनुहुन्छ;

उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसको हृदयका अन्तस्करणहरूलाई जाँच गर्नुहुन्छ।

पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ,

जसको कान छ, तिनीहरूले सुन्नुपर्छ!

जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ।

केवल उहाँका वचनहरू खा र पि, र तिनलाई शङ्का नगर्।

जो-जो अधीनमा बस्छन् र उहाँका वचनहरू सुन्छन् तिनीहरूले ठूला आशिषहरू पाउनेछन्!

जो कसैले गम्भीरतासाथ परमेश्‍वरको मुहारको खोजी गर्छन्

नयाँ प्रकाश र नयाँ अन्तर्दृष्टिहरू प्राप्त गर्नेछन्

उहाँका वचनहरू तँकहाँ कुनै पनि समयमा देखा पर्नेछ, र तिनले तेरो आत्माको आँखा खोल्नेछन्,

तैँले आत्मिक क्षेत्रका रहस्यहरू देख्नेछस्

राज्यलाई मानिसको बीचमा आएको देख्नेछस्।

शरण स्थानमा प्रवेश गर्, र सबै अनुग्रह र आशिषहरू तँमाथि आउनेछ;

अनिकाल र महामारीले तँलाई छुन सक्नेछैन,

र ब्‍वाँसाहरू, सर्पहरू, बाघहरू र चितुवाहरूले तँलाई हानि गर्न सक्नेछैनन्।

तँ परमेश्‍वरको साथमा जानेछस्, उहाँसँग हिँड्नेछस्, र महिमामा एकसाथ प्रवेश गर्नेछस्!

पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ,

जसको कान छ, तिनीहरूले सुन्नुपर्छ!

जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ।

केवल उहाँका वचनहरू खा र पि, र तिनलाई शङ्का नगर्।

जो-जो अधीनमा बस्छन् र उहाँका वचनहरू सुन्छन् तिनीहरूले ठूला आशिषहरू पाउनेछन्!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्