Christian Dance | परमेश्वरले मानिसलाई दिनुहुने मुक्ति निकै व्यावहारिक हुन्छ | Praise Song
29 अप्रिल 2025
१
मैले ख्रीष्टका वचनहरूको न्याय अनुभव गरेपछि,
मेरो हृदय अन्ततः जाग्छ।
म मेरो भ्रष्टता कति गहन छ, र म साँच्चै शैतानको सन्तान हुँ भन्ने देख्छु।
अरूले मलाई सम्मान गर्नेछन् र पुज्नेछन् भनेर मात्रै म काम गर्छु र कष्ट भोग्छु।
म देखावट गर्न ठुलो कुरा गर्छु र ख्याती र प्राप्तिका लागि अरूसँग प्रतिस्पर्धा गर्छु।
म पूरै हृदयका साथ प्रतिष्ठा र हैसियततर्फ लागिपर्छु,
अनि सधैँ अरूभन्दा माथि हुन चाहन्छु।
म आफ्ना कार्यहरूबारे चिन्तन गर्छु र म निकै अहङ्कारी र मूर्ख छु भन्ने देख्छु।
परमेश्वरका वचनको खुलासा र न्यायबिना,
म आफैलाई चिन्न असक्षम हुनेथिएँ।
परमेश्वरको न्यायलाई धन्यवाद कि मैले साँच्चै पश्चात्ताप गरेको छु।
२
परमेश्वरका वचन कठोर छन्,
तिनले मेरो हृदय छेड्छन् र मेरो प्राणका गहिराइमा घुस्छन्।
मैले पीडा भोगे पनि, मेरो हृदयमा म परमेश्वरका वचन सत्यता हुन् भन्ने बुझ्छु।
परमेश्वर सर्वोच्च र सम्माननीय हुनुहुन्छ, तैपनि उहाँ विनम्र हुनुहुन्छ
र उहाँको हैसियतका आधारमा उहाँ प्रभुत्व जमाउनुहुन्न;
म गोबरभन्दा पनि कम मूल्यको छु,
तैपनि म अझै हैसियततर्फ लागिपर्छु—मसँग साँच्चै समझ छैन।
परमेश्वरको सार अत्यन्तै असल र सुन्दर छ भन्ने देख्दा म आफूलाई अझै बढी घृणा गर्छु।
म अत्यन्तै लाज महसुस गर्छु र अत्यन्तै धेरै पछुतोका साथ परमेश्वरसामु लम्पसार पर्छु।
यदि मैले फेरि सत्यता स्विकार्न र परमेश्वरमा समर्पित हुन इन्कार गरेँ भने,
म मानव कहलिन लायक छैनँ।
म वास्तविक र व्यावहारिक रूपमा
सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्ने आशा मात्र गर्छु।
३
परमेश्वरका वचनहरूको न्याय अनुभव गरेर,
म धेरै सत्यताहरू बुझ्न पुगेको छु।
म स्पष्ट देख्छु कि मलाई पाप गर्न
र परमेश्वरको प्रतिरोध गर्न डोऱ्याउने शैतानको स्वभाव नै हो।
यदि म परमेश्वरको न्याय र शुद्धिकरण स्विकार्दिनँ भने,
मलाई अन्त्यमा हटाउन मात्र सकिन्छ।
मेरा दुष्कर्मी कदमहरूलाई रोकेका परमेश्वरको न्याय र सजायले नै हुन्।
परमेश्वरले गर्नुहुने मानिसको न्यायले उहाँको धार्मिकता र प्रेम प्रकाश गर्छ।
म परमेश्वरका वचनको न्याय स्विकार्न सक्छु भन्ने कुरा
साँच्चै परमेश्वरको मुक्ति नै हो।
परमेश्वरलाई पछ्याउन र परमेश्वरका वचन पढ्न सक्नु
मेरो जीवनको सबैभन्दा ठुलो आशिष् हो।
परमेश्वरले मानिसलाई यति व्यावहारिक रूपमा मुक्ति दिनुहुन्छ भन्ने देख्दा,
म सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद दिन्छु!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू