Christian Dance | परमेश्वरका सबै मानिसहरूले उहाँको सक्दो प्रशंसा गर्छन् | Praise Song
27 अप्रिल 2025
१
हामी परमेश्वरसामु उठाइएका छौँ,
र हामी प्रचुर भोजमा सहभागी हुन्छौँ।
हामी परमेश्वरका वचनहरूको आनन्द उठाउँछौँ र सत्यता बुझ्छौँ,
हाम्रा आत्मा रिहा भएका छन् र निकै स्वतन्त्र महसुस गर्छन्।
हामी आफ्ना सांसारिक र दैहिक उल्झनहरूबाट उम्कँदै गर्दा,
जीवनमा ज्योतिको मार्गमा पाइला चाल्छौँ।
हाम्रा हृदय कृतज्ञता र प्रशंसाले भरिएका छन्,
र हामी शब्दले बयान गर्न नसकिने हर्ष महसुस गर्छौँ।
२
हामी हरदिन परमेश्वरका वचनहरूको आनन्द उठाउँछौँ,
न्याय स्विकार्छौँ, र आफैलाई चिन्न पुग्छौँ।
हामी परमेश्वरका वचन अभ्यास गर्छौँ र परमेश्वरसामु पश्चात्ताप गर्छौँ,
र नयाँ मानिसका रूपमा जिउँछौँ।
न्यायमार्फत हामी पखालिन्छौँ
र हामी आफ्नो शैतानी भ्रष्टता फाल्छौँ।
हामी अब साँच्चै परिवर्तित भएका छौँ,
र यो सबै परमेश्वरको मुक्ति र अनुग्रहका कारण हो।
३
सर्वशक्तिमान् परमेश्वरले शैतानलाई पराजित गर्नुभएको छ।
परीक्षा र सङ्कष्टले मानिसहरूको एउटा समूहलाई सिद्ध पार्छन्,
तिनीहरूलाई विजेता बनाउँछन्।
परमेश्वरको धर्मी स्वभाव पूर्ण रूपमा प्रकट हुन्छ
र परमेश्वरको प्रतिरोध गर्ने सबै नष्ट गरिनेछन्।
परमेश्वरमा साँच्चै विश्वास गर्नेहरूले उहाँको अनुग्रह प्राप्त गर्छन्;
सत्यता पछ्याउनेहरूले उहाँको मुक्ति प्राप्त गर्छन्।
हामी परमेश्वरको स्वभावलाई साँच्चै धर्मी भएकोमा प्रशंसा गर्छौँ
र हाम्रा प्रशंसाका गीतहरू आकाशसम्म पुग्छन्।
४
सर्वशक्तिमान् परमेश्वरको काम साँच्चै चमत्कारी छ।
परमेश्वरका वचनहरूले सबै थोक पूरा गर्छन्।
सबै जातिहरू परमेश्वरसामु आफूलाई समर्पण गर्छन्,
परमेश्वरको महान् काम पूरा भएको छ भनी प्रशंसा गर्छन्।
हामी सारा हृदयले हर्षोल्लासमा प्रशंसा र उल्लास गर्छौँ;
सर्वशक्तिमान् परमेश्वर सम्मान र महिमा योग्य हुनुहुन्छ।
पृथ्वीमा परमेश्वरको इच्छा अघि बढाइन्छ,
परमेश्वरका सबै मानिसहरूले उहाँको सक्दो प्रशंसा गर्छन्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू