Christian Choir Song | परमेश्‍वरको राज्य पृथ्वीमा देखा परेको छ | २०२६ स्तुतिका स्वरहरू

18 जनवरी 2026

सर्वशक्तिमान् साँचो परमेश्‍वर, सिंहासनमा विराजमान राजा, सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ, असङ्ख्य राष्ट्रहरू र मानिसहरूतर्फ फर्कनुहुन्छ, र परमेश्‍वरको महिमा संसारभर चम्किन्छ। ब्रह्माण्ड र पृथ्वीको कुना-कुनासम्म भएका सबै जीवित प्राणीहरूले देख्नेछन्। पर्वतहरू, नदीहरू, तालहरू, भूमिहरू, समुद्रहरू, र सबै जीवित प्राणीहरूले साँचो परमेश्‍वरको मुहारको ज्योतिमा तिनीहरूका पर्दाहरू तानेर खोलेका छन्, र तिनीहरू सपनाबाट ब्यूँझे झैँ, तिनीहरू माटोबाट फुटी निस्‍कने टुसाहरू झैँ, पुनर्जीवित भएका छन्! आह! एक मात्र साँचो परमेश्‍वर संसारका मानिसहरूसामु देखा पर्नुहुन्छ। प्रतिरोधसाथ उहाँलाई व्यवहार गर्ने साहस कसले गर्छ? सबै डरले काम्छन्। सबै पूर्ण रूपमा विश्‍वस्त छन्, र सबैले बारम्बार क्षमा माग्छन्। असङ्ख्य मानिसहरू उहाँको अघि घुँडा टेक्छन्, र असङ्ख्य मुखहरूले उहाँको आराधना गर्छन्!

महाद्वीपहरू र सागरहरू, पर्वतहरू, नदीहरू, र यावत् थोकले अटुट रूपमा उहाँको प्रशंसा गर्छन्! वसन्त ऋतुको श्‍वाससँगै आएका न्यानो बतासहरूले, आफूसँग हल्का, अटुट वसन्त झरी ल्याउँछन्। कलकल बग्‍ने खोला र असङ्ख्य मानिसहरू उस्तै छन्, दुवै दुःख र हर्षले भरिएका छन्, ऋणीपन र आत्म-ग्लानिका आँसु झार्छन्। नदीहरू, तालहरू, लहर र छालहरू सबै गाउँदैछन्, साँचो परमेश्‍वरको पवित्र नाउँको स्तुति गर्दैछन्! प्रशंसाको ध्वनि कति स्पष्ट रूपमा गुन्जिन्छ! कुनै बेला शैतानद्वारा भ्रष्ट तुल्याइएका पुराना वस्तुहरू—तीमध्ये प्रत्येक र हरेक नवीकृत र परिवर्तित हुनेछन् र पूर्णतः नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …

यो पवित्र तुरही हो, र यो गुञ्जिन थालेको छ! यसलाई ध्यान दिएर सुन। त्यो अति सुमधुर आवाज सिंहासनको वाणी हो, त्यसले प्रत्येक राष्ट्र र मानिसहरूलाई घोषणा गर्छ कि समय आएको छ, आखिरी दिनहरूको परिणाम आएको छ, मेरो व्यवस्थापनको योजना सकिएको छ, मेरो राज्य पृथ्वीमा खुला रूपमा देखा परेको छ, र संसारका राज्यहरू म परमेश्‍वरको राज्य बनेका छन्। मेरा सात तुरहीहरू सिंहासनबाट गुञ्जिन्छन्, र यस्ता अद्भुत कुराहरू देखा पर्नेछन्! म हर्षका साथ मेरा मानिसहरूलाई हेर्छु, जसले मेरो आवाज सुन्‍न सक्छन् र हरेक राष्ट्र र भूमिबाट भेला हुन्छन्। असङ्ख्य मानिसहरू, साँचो परमेश्‍वरको नाम सधैँ ओठमा लिँदै, निरन्तर प्रशंसा गर्छन् र उफ्रन्छन्! तिनीहरूले संसारलाई गवाही दिन्छन्, र साँचो परमेश्‍वरप्रति तिनीहरूको गवाहीको आवाज धेरै पानीको गर्जनको आवाज जस्तै हुन्छ। असङ्ख्य मानिसहरू मेरो राज्यमा ओइरिनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३६

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्