Christian Choir Song | असङ्ख्य राष्ट्रहरू र मानिसहरूमाथि परमेश्वरको न्याय | २०२६ स्तुतिका स्वरहरू
16 जनवरी 2026
१
मेरो राज्य पूर्ण रूपमा साकार भइसकेको छ, र यो सार्वजनिक रूपमै संसारमा ओर्लिसकेको छ; यसले मेरो न्याय पूर्ण रूपमा आइसकेको छ भन्ने कुरालाई सङ्केत गर्छ। हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै देश र ठाउँहरूले प्रकोपहरू भोग्नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर छन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घटिरहेका छैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; बरु, यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका किराका प्रकोपहरू एकपछि अर्को गरी देखा पर्दै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। यो असङ्ख्य देश र मानिसहरूमाथि मेरो न्याय हो।
२
मेरो नाउँ सबै दिशा र सबै स्थानमा निश्चय नै फैलिनेछ, ताकि सबैले मेरो पवित्र नाउँ र मलाई चिन्न सकून्। प्रकोपहरू आइपर्दै गर्दा मेरो नाउँ व्यापक रूपमा प्रसारित हुनेछ र यदि तिमीहरू सावधान र होसियार भएनौ भने, तिमीहरूले आफूले पाउनुपर्ने भाग गुमाउनेछौ। के तिमीहरूलाई डर लाग्दैन? मेरो नाउँ सबै धर्म, जीवनका सबै क्षेत्र, सबै राष्ट्र र सबै सम्प्रदायमा फैलन्छ। यो मेरो काम व्यवस्थित तरिकामा, एक-अर्कामा गाँसिएर गरिइरहेको हो; यो सबै मेरो बुद्धिमानी प्रबन्धद्वारा हुन्छ। म केवल तिमीहरू हरेक कदममा मेरा पदचापहरू नजिकबाट पछ्याउन सक्षम होओ भन्ने कामना गर्छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६५
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू