Christian Choir Song | असङ्ख्य राष्ट्रहरू र मानिसहरूमाथि परमेश्वरको न्याय | २०२६ स्तुतिका स्वरहरू
16 जनवरी 2026
१
मेरो राज्य पूर्ण रूपमा साकार भइसकेको छ, र यो सार्वजनिक रूपमै संसारमा ओर्लिसकेको छ; यसले मेरो न्याय पूर्ण रूपमा आइसकेको छ भन्ने कुरालाई सङ्केत गर्छ। हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै देश र ठाउँहरूले प्रकोपहरू भोग्नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर छन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घटिरहेका छैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; बरु, यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका किराका प्रकोपहरू एकपछि अर्को गरी देखा पर्दै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। यो असङ्ख्य देश र मानिसहरूमाथि मेरो न्याय हो।
२
मेरो नाउँ सबै दिशा र सबै स्थानमा निश्चय नै फैलिनेछ, ताकि सबैले मेरो पवित्र नाउँ र मलाई चिन्न सकून्। प्रकोपहरू आइपर्दै गर्दा मेरो नाउँ व्यापक रूपमा प्रसारित हुनेछ र यदि तिमीहरू सावधान र होसियार भएनौ भने, तिमीहरूले आफूले पाउनुपर्ने भाग गुमाउनेछौ। के तिमीहरूलाई डर लाग्दैन? मेरो नाउँ सबै धर्म, जीवनका सबै क्षेत्र, सबै राष्ट्र र सबै सम्प्रदायमा फैलन्छ। यो मेरो काम व्यवस्थित तरिकामा, एक-अर्कामा गाँसिएर गरिइरहेको हो; यो सबै मेरो बुद्धिमानी प्रबन्धद्वारा हुन्छ। म केवल तिमीहरू हरेक कदममा मेरा पदचापहरू नजिकबाट पछ्याउन सक्षम होओ भन्ने कामना गर्छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६५
अन्य प्रकारका भिडियोहरू