परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५५

12 डिसेम्बर 2021

यदि तँ साँच्‍चै अनन्त जीवनको बाटो प्राप्त गर्न चाहन्छस् भने, र यसको खोजीमा तँ अत्यन्तै तृषित छस् भने, पहिले यो प्रश्‍नको उत्तर दे: आज परमेश्‍वर कहाँ हुनुहुन्छ? सायद तैँले यो जवाफ दिनेछस्, “निश्‍चय नै, परमेश्‍वर स्वर्गमा बस्‍नुहुन्छ—उहाँ पक्‍कै पनि तपाईंको घरमा बसिरहनुभएको छैन होला, छ त?” सायद तैँले भन्‍न सक्छस् कि परमेश्‍वर अवश्य नै सबै कुराहरूका बीचमा बस्‍नुहुन्छ। वा सायद तैँले भन्‍न सक्छस् कि परमेश्‍वर हरेक व्यक्तिको हृदयमा बस्‍नुहुन्छ, वा परमेश्‍वर आत्मिक संसारमा हुनुहुन्छ। यीमध्ये कुनैलाई पनि म नकार्दिन, तर यो कुरालाई मैले स्पष्ट पार्नैपर्छ। परमेश्‍वर मानिसको हृदयमा बस्‍नुहुन्छ भनेर भन्‍नु पूर्ण रूपमा सत्य पनि होइन, तर यो पूर्ण रूपमा गलत पनि होइन। यसको कारण के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये, कसैको विश्‍वास साँचो छ र कसैको विश्‍वास झूटो छ, कसैलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ र कसैलाई उहाँले अस्वीकार गर्नुहुन्छ, कसैले उहाँलाई प्रसन्‍न तुल्याउँछन् र कसैलाई उहाँले घृणा गर्नुहुन्छ, अनि कसैलाई उहाँले सिद्ध तुल्याउनुहुन्छ र कसैलाई उहाँले हटाउनुहुन्छ। त्यसैले म भन्छु कि परमेश्‍वर एक-दुई जना मानिसहरूको हृदयमा मात्रै बस्‍नुहुन्छ, र यी मानिसहरू अवश्य नै परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू, परमेश्‍वरले स्वीकार गर्नुहुनेहरू, उहाँलाई खुशी पार्नेहरू, र उहाँले सिद्ध पार्नुहुनेहरू हुन्। परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू तिनीहरू नै हुन्। तिनीहरू परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू भएकाले, पहिले नै परमेश्‍वरको अनन्त जीवनको बाटोको बारेमा सुन्‍ने र देख्‍ने मानिसहरू तिनीहरू नै हुन्। परमेश्‍वरमाथि झूटो विश्‍वास हुनेहरू, परमेश्‍वरले स्वीकार नगर्नेहरू, परमेश्‍वरले घृणा गर्नेहरू, परमेश्‍वरले हटाउनुहुनेहरू—तिनीहरूलाई परमेश्‍वरले इन्कार गर्न बाध्य छन्, तिनीहरू जीवनको बाटो विहीन रहन बाध्य छन्, र परमेश्‍वर कहाँ हुनुहुन्छ त्यसप्रति अनजान रहन बाध्य छन्। यसको विपरीत, जसको हृदयमा परमेश्‍वर बस्‍नुहुन्छ तिनीहरूलाई उहाँ कहाँ हुनुहुन्छ भन्‍ने थाहा छ। परमेश्‍वरले अनन्त जीवनको बाटो दिनुहुने मानिसहरू तिनीहरू नै हुन् र परमेश्‍वरलाई पछ्याउनेहरू तिनीहरू नै हुन्। अब के तँलाई परमेश्‍वर कहाँ हुनुहुन्छ भन्‍ने थाहा छ? परमेश्‍वर दुवै मानिसको हृदयमा अनि मानिसको छेउमा हुनुहुन्छ। उहाँ आत्मिक संसारमा, अनि सबै कुराहरूभन्दा माथि मात्रै हुनुहुन्‍न, तर अझै बढी उहाँ पृथ्वीमा हुनुहुन्छ जहाँ मानिसको अस्तित्व छ। त्यसैले आखिरी दिनहरूको आगमनले परमेश्‍वरको कार्यका चरणहरूलाई नयाँ क्षेत्रमा लगेको छ। यावत् थोक मध्येका सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ, र मानिसको हृदयमा उसको बस्‍ने आधार उहाँ नै हुनुहुन्छ, र यसको साथै, उहाँ मानिसकै बीचमा अस्तित्वमा रहनुहुन्छ। यसरी मात्रै उहाँले जीवनको बाटो मानवजातिकहाँ ल्याउन, र मानिसलाई जीवनको बाटोमा ल्याउन सक्‍नुहुन्छ। मानिसले जीवनको बाटो प्राप्त गर्न सकोस्, र मानिस अस्तित्वमा रहन सकोस् भनेर परमेश्‍वर पृथ्वीमा आउनुभएको छ, र उहाँ मानिसको बीचमा जिउनुहुन्छ। उही समयमा, परमेश्‍वरले मानिसको बीचमा हुने व्यवस्थापनमा सहकार्यलाई सहज तुल्याउनको लागि पनि यावत् थोकका सबै कुरालाई हुकुम गर्नुहुन्छ। त्यसैले, यदि तैँले परमेश्‍वर स्वर्गमा हुनुहुन्छ र मानिसको हृदयमा हुनुहुन्छ भन्‍ने सिद्धान्तलाई मात्रै स्वीकार गर्छस्, तैपनि मानिसको बीचमा परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्दैनस् भने, तैँले कहिल्यै पनि जीवन प्राप्त गर्नेछैनस्, र सत्यको बाटो कहिल्यै प्राप्त गर्नेछैनस्।

परमेश्‍वर स्‍वयम् नै जीवन, र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सह-अस्तित्वमा रहन्छ। सत्यलाई प्राप्त गर्न नसक्‍नेहरूले जीवनलाई कहिल्यै पनि प्राप्त गर्नेछैनन्। सत्यको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले अक्षरहरू, धर्मसिद्धान्तहरू, र, सबैभन्दा माथि, मृत्युलाई मात्र प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्य र जीवन सह-अस्तित्वमा रहन्छ। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पालनपोषण प्राप्त गर्नेछैनस्; यदि तैँले जीवनको प्रावधानलाई प्राप्त गर्न सक्‍दैनस् भने, तैँले अवश्य नै सत्य प्राप्त गर्नेछैनस्, र त्यसैले कल्‍पना र धारणाहरू बाहेक, तेरो शरीरको सम्पूर्णता तेरो देह—तेरो दुर्गन्धित देह बाहेक केही पनि हुनेछैन। पुस्तकका शब्‍दहरू जीवनको रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यको रूपमा आराधना गर्न सकिँदैन, र विगतका नियमहरूले वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरणको रूपमा काम गर्न सक्दैनन्। पृथ्वीमा आएर मानिसहरूको बीचमा बस्दा परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्य, जीवन, परमेश्‍वरको इच्‍छा, अनि उहाँको काम गर्ने वर्तमान शैली हो। यदि तैँले विगतका युगहरूको अवधिमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको अभिलेखलाई आज लागू गर्छस् भने, त्यसले तँलाई पुरातत्वविद तुल्याउँछ, र तँलाई व्याख्या गर्ने सबैभन्दा राम्रो तरिका भनेको तँ ऐतिहासिक सम्पदा सम्बन्धि विद्वान होस् भनेर भन्‍नु हो। त्यो यसैले हो किनभने तँ सँधै परमेश्‍वरले विगतका समयहरूमा गर्नुभएको कामका निसानाहरूमा विश्‍वास गर्छस्, यसभन्दा पहिले उहाँले मानिसको बीचमा काम गर्नुभएको बेला छोडिएको परमेश्‍वरको छायामा मात्रै विश्‍वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्‍वरले आफ्‍ना अनुयायीहरूलाई दिनुभएको बाटोमा मात्रै विश्‍वास गर्छस्। तँ आज परमेश्‍वरको कार्यको दिशामा विश्‍वास गर्दैनस्, आजको परमेश्‍वरको महिमित मुहारमा विश्‍वास गर्दैनस्, र परमेश्‍वरले हाल व्यक्त गर्नुभएको सत्यको बाटोमा विश्‍वास गर्दैनस्। त्यसैले तँ अवश्य नै दिवा-सपना देख्‍ने होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा सम्पर्क बाहिर छ। यदि तँ अझै पनि मानिसमा जीवन ल्याउन नसक्‍ने वचनहरूमा टाँसिन्छस् भने, तँ काठको ठुटाजस्तो काम नलाग्‍ने छस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्